दाङ । दाङको भालुबाङमा एक युवकको झुण्डी रहेको अवस्थामा शव फेला परेको छ ।
भालुबाङ बजारस्थित जय माँ दुर्गा भवानी फर्निचर पछाडि राप्ती नदीको किनारमा रहेको तटबन्ध छेउमा बुधबार बिहान अन्दाजी ४० बर्षका युवकको झुण्डी रहेको अवस्था शव भेटिएको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ ।
शव राप्ती नदीमा बनाइएको तारजालीको तटबन्धमा झुण्डिएको अवस्थामा शव फेला परेको हो ।
शव कसको हो भन्ने पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाका बारेमा अनुसन्धान भइरहेको जनाएको छ ।
प्रतिकृया दिनुहॊस