दोलखा।दोलखाको गौरीशंकर गाउँपालिका-९ टासिनाम आगलागी हुँदा एकै परिवारका २ को मृत्यु भएको छ भने एक गम्भीर घाइते छन्। टासिनामको शेर्पा बस्तीस्थित भूकम्प प्रभावित गोपाल शेर्पाको टहरोमा आगलागी हुँदा शेर्पाकी आमा ८० वर्षीया डालकी शेर्पा र १२ छोराको घटनास्थलमै मृत्यु भएको हो।
आगलागीबाट गोपालको जेठो छोरा १९ वर्षीय फुर्साङ शेर्पा घाइते भएका छन्। बिहान २ बजे लागेको आगो साढे ४ बजे प्रहरी र स्थानीयको पहलमा नियन्त्रणमा आएको थियो।
तपाईंको प्रतिकृया



