उद्योगमन्त्री यादव र डब्लुटिओका महानिर्देशकबीच भेटवार्ता

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री मातृका प्रसाद यादव र विश्व व्यापार संगठन (डब्लुटिओ)का महानिर्देशक रोबर्टो अजेभेदोबीच जेनेभामा भेटवार्ता भएको छ ।

विश्व व्यापार संगठनको मुख्यालयमा सोमबार भएको वार्तामा व्यापारसँग सम्बन्धित विभिन्न मुद्दाहरु, बहुपक्षीय व्यापार प्रणालीका साथै नेपाल लगायत अन्य अतिकम विकशित देशहरुको व्यापार मुद्दाहरुमा छलफल भएको थियो ।

वार्तामा उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयकी सचिव याम कुमारी खतिवडा, स्विजरल्याण्डका लागि नेपाली राजदूत दिपक धिताल लगायतको उपस्थिती रहेको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री