समाचार

सशस्त्र प्रहरीले माग्यो स्वास्थ्य समूहतर्फ इन्सपेक्टरदेखि असईसम्म २४ जना

काठमाडौँ । सशस्त्र प्रहरीले प्राविधिक समूह (स्वास्थ्य) तर्फ २४ जना जनाका लागि भर्ना दरखास्त आह्वान गरेको छ । सशस्त्र प्रहरी बल, प्रधान कार्यालय मानवस्रोत विभाग भर्ना तथा छनोट शाखाले आज सूचना जारी गर्दै स्वास्थ्यतर्फको रिक्त २४ पदमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्नका लागि दरखास्त आह्वान गरेको हो । योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आजदेखि चैत १२ गतेसम्म दरखास्त दिन सकिने सूचनामा जनाइएको छ ।

पुरा पढ्नुहॊस »

पश्चिमी वायु पुनः सक्रिय (तीन दिनको मौसम पूर्वानुमान)

काठमाडौं । देशका केही भू-भागमा आज वर्षा र हिमपात हुने भएको छ । पश्चिमी वायु पुनः सक्रिय हुँदा वर्षाको सम्भावना रहेको हो । अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहेकोमा साँझबाट यो प्रणाली (पश्चिमी वायु) थप सक्रिय हुँदा वर्षा हुने भएको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान गण्डकी र कोसी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ । बाँकी भू-भागमा मौसम मुख्यतया सफा छ । तीन दिनको मौसम …

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । भाग्यले साथ दिनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । शिक्षामा पनि सफलता पाइएला । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

सुन्धारामा महानगर प्रहरी र फुटपाथ व्यवसायीबीच झडप, दुवैतर्फ गरी ११ जना घाइते

काठमाडौं । काठमाडौंको सुन्धारामा फुटपाथ व्यवसायी र काठमाडौं महानगर प्रहरीबीच झडप भएको छ । बुधबार साँझ फुटपाथ व्यवसायीले सुन्धारामा पसल राख्न खोजेपछि महानगर प्रहरीले हस्तक्षेप गर्दा झडप भएको हो । झडपमा ५ जना नगर प्रहरी र ६ जना व्यवसायी घाइते भएका छन् ।

पुरा पढ्नुहॊस »

फेरि पानी पर्ने, लम्बियो हिउँद अवधि (तीन दिनको मौसम पूर्वानुमान)

काठमाडौं । यो वर्षको हिउँद अवधि लम्बिने भएको छ । मंसिर १५ देखि फागुन १७ गतेसम्मलाई हिउँद अवधि मानिन्छ । यो अवधिलाई मात्रै हिउँद मान्ने हो भने आजबाट हिउँद अवधि सकिनेछ । तर, भोलिबाट पुनः पश्चिमी वायु सक्रिय हुँदै छ ।

पुरा पढ्नुहॊस »

काठमाडौँ महानगरका दुई लाख करदाताले तिर्दैनन् नियमित कर

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा करिब दुई लाख करदाताले नियमित कर नतिर्ने गरेको पाइएको छ । कामपामा दर्ता भएका करदाता तीन लाख १२ हजार भए पनि दुई लाखले नियमित कर नतिर्ने तथ्यांकले देखाएको छ । लामो समयदेखि दर्ता प्रक्रियामा नै नआएर कर तिर्नका लागि आलटाल गरिरहेका करदातालाई नियमअनुसार समावेश गर्नका लागि कामपाले वडास्तरीय अनुगमन गरी नियमसङ्गतरुपमा ल्याउने तयारी गरेको कामपा राजस्व विभाग जनाएको छ । यसरी कर तिर्नका लागि आलटाल गर्नेमा …

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज विद्या र बुद्धिको विकास हुनेछ । पारिवारिक जमघटमा सहभागीको अवसर मिल्नेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

समाचार हुबहु सार्ने १ सय ८३ अनलाइनलाई कारबाही

काठमाडौं । प्रेस काउन्सिल नेपालले पछिल्लो डेढ वर्षमा एक सय ८३ अनलाइनलाई समाचार चोरीअन्तर्गत कारबाही गरेको छ । काउन्सिलले बुधबार एक विज्ञप्ति जारी गरी समाचार हुबहु चोरी गरी सार्ने (कपी एण्ड पेस्ट गर्ने), अनुमति नलिने १८३ अनलाइन सञ्चारमाध्यम तथा वेबपोर्टललाई कारबाही गरेको जनाएको हो । कारबाहीमा परेकामध्ये १४३ सञ्चारमाध्यमलाई स्पष्टीकरण सोधिएको, ११ वटालाई सचेत गराइएको विज्ञप्तिमा उल्लेख छ । स्पष्टीकरण सोधिएका अधिकांश मिडियाबाट आगामी दिनमा त्यस्तो कार्य नगर्ने भनी प्रतिबद्धतासहित …

पुरा पढ्नुहॊस »

मेयर बालेनले महिला कर्मचारीलाई दिएनन् जिम्मेवारी

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले आफूलाई मानसिक टर्चर दिएको महानगरकी वरिष्ठ कानून अधिकृत हरिमाया ‘सस्मिता’ घिमिरेले बताएकी छन् । मेयर शाहले टर्चर दिएको र विना कारण जिम्मेवारीविहीन बनाएको भन्दै कानूनी र पेसागत लडाइँ सुरू गरेको उनले सामाजिक सञ्जालमार्फत घोषणा गरेकी हुन् । काठमाडौं महानगरपालिकामा कार्यरत आठौं तहकी वरिष्ठ कानून अधिकृत हरिमाया घिमिरे (सस्मिता)ले लामो समयदेखि मेयर बालेन शाहको प्रशासनमा विना कारण जिम्मेवारीविहीन बनाएर राखिएको र कार्यालयमा जाँदा …

पुरा पढ्नुहॊस »

सिन्धुपाल्चोकबाट पक्राउ परिन् शर्मिला वाइबा

काठमाडौं । आफूलाई सामाजिक अभियन्ता बताउने शर्मिला वाइबा पक्राउ परेकी छिन् । कुटपिट तथा अङ्गभङ्ग मुद्दामा सिन्धुपाल्चोक प्रहरीले बुधबार उनलाई बाह्रबिसेबाट पक्राउ गरेको हो । वाइबा सिन्धुपाल्चोक पुगेको जानकारी पाएपछि काठमाडौं प्रहरीले त्यहाँको प्रहरीसँग समन्वय गरेर उनलाई नियन्त्रणमा लिएको सिन्धुपाल्चोकका एसपी सन्तोष खड्काले बताए । उनीविरुद्ध म्याकुरी उपनामले चिनिने हाँस्य कलाकार पवन खतिवडाले कुटपिटसम्बन्धी घटनामा उजुरी दिएका थिए । केही दिन अघि शर्मिला वाइबा, पवनकी पत्नी सुम्निमा खालिङ र बहिनी …

पुरा पढ्नुहॊस »