बझाङमा मल अभाव, आपुर्ति भएको मल पनि बाटैमै सकियो

पार्वती ऐडी
बझाङ । बझाङमा रासायनिक मल अभाव भएको छ । मलको अभाव भएपछि जिल्लाका किसानहरु चिन्तित भएका छन् । गहुँ लगायतका हिउँदेवाली खेतमा छर्ने वेला भइसकेकाले किसानहरु रासायनिक मलको पर्खाइमा छन् । तर, मल आवश्यकता अनुसार ढुवानी नभएको र भएकै मल पनि बाटो छेउका किसानले गाडी रोकेर सिध्याउन थालेका छन् । रासायनिक मलको चरम अभाव भएपछि बाली तथा बोटबिरुवा फस्टाउन पाउदैन् र रोगहरु लाग्ने सम्भावना बढि हुन्छ । बजेटको लागि मात्र हैन राजनीति अहिले त रासायनिक मलको लागी पनि राजनीति भएको स्थानीय किसानको दुखेसो छ । किसान तथा कृषक सहकारीका प्रतिनिधिहरुले मलको सहज आपूर्ति गर्नु पर्ने, धानको खरिद गर्न तथा किसानलाई मल खादको सहज आपुर्ति गरिदिन राजनीतिक दल र जनप्रतिनिधहरुलार्इ आग्रह गरेका छन् ।मल अभाव भएपछि उत्पादन घट्ने भन्दै किसाहरु चिन्तित भएका छन् । बझाङमा विगत केही वर्षदेखि हिउँदे बालिनाली लगाउने वेला रासायनिक मलको अभाव हुँदै आएको छ । मल ढुवानीको जिम्मा विकोई ईल्डर्श प्रालीले लिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

झापामा छात्रामाथि पूर्वशिक्षकले नै गोली हानेको खुल्यो

काठमाडौं । झापाको दमकमा परीक्षा दिएर फर्किएकी छात्रामाथि गोली प्रहार गर्ने व्यक्ति प्रहरीले पत्ता लगाएको …

प्रतिकृया दिनुहॊस