नेपाल अझै इयुको कालोसूचीमा

काठमाडाैं । यूरोपिएन युनियन (इयु) ले नेपालका विभान कम्पनीहरूलाई ठूलो झड्का दिएको छ । उड्डयन अधिकारहरूको दाबीविपरित इयुले नेपालका विमान कम्पनीहरूमाथि वर्षौंदेखि लगाउँदै आएको कालो-सूची कायमै राखेर ठूलो झड्का दिएको हो ।

याेसँगै नेपालका सबै वायु सेवा कम्पनीलाई युरोप उडानमा लागेको प्रतिबन्धले निरन्तरता पाएको हाे । ईयूले नेपालमा उड्डयन सुरक्षा अवस्थामा सुधार नभएको उल्लेख गर्दै पुस २०७० देखि लगाएको प्रतिबन्धलाई कायम राखिएको छ । ईयूले नेपालसहित २८ मुलुकका विमान कम्पनीलाई युरोप उडानमा प्रतिबन्ध लगाएको थियो । प्रतिबन्ध कायम रहँदा नेपाल वायु सेवा निगम बढी प्रभावित हुने सम्भावना छ । निगमले खरिद गरेका दुई वटा वाइड बडी विमानलाई जापान र दक्षिण कोरिया उडाउन खोज्दा युरोपियन युनियनको प्रतिबन्ध देखाउँदै उडान अनुमती दिन मानेका छैनन् ।अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आईकाओ) ले नेपाललाई ‘महत्वपूर्ण सूरक्षा चासो’को सूचीबाट गत असारमा हटाएको थियो । नागरिक उड्डयन मन्त्रालय र प्राधिकरणका अधिकारीहरूले युरोपियन युनियनले पनि प्रतिबन्ध हटाउने दाबी गर्दै आएका थिए । यसका लागि हवाई सुरक्षाका मापदण्ड निर्माण र कार्यान्वयनमा सरकारले करोडौं रकम खर्चिएको थियो । यसका साथै युरोपलाई लक्षित गर्दै राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले हालैमात्र दुईवटा वाइडबडी भित्र्याएको थियो ।

इयुले आफ्नो प्रतिवेदन सार्वजनिक गर्दै कालो-सूची नहटेको जानकारी दिएको हो । सरकारी अधिकारी हवाई सुरक्षाको अवस्था सुधार आएको दाबी गरेता पनि इयुले भने हवाई सुरक्षा पाँच वर्षअघिकै अवस्थामा रहेको रहेको निष्कर्षसहित कालो सूचीबाट नहटाउने निर्णय गरेको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दलहरुको अडान यथावत, बस्दैनबसी स्थगित भयो संसद् बैठक

काठमाडौँ । प्रतिनिधि सभाको बैठक फेरि स्थगित भएको छ । यसपटक ६ जेठसम्मका लागि प्रतिनिधि …

प्रतिकृया दिनुहॊस

This will auto close after