प्रधानमन्त्रीलाई नेतृत्व र सुशासन अवार्ड, पाए १ लाख डलर

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेतृत्व र सुशासन अवार्ड प्रदान गरिएको छ । होटल हायातमा भएको एसिया प्यासेफिक समिटमा युनिभर्सल पिस फेडेरेसनले प्रधानमन्त्री ओलीलाई उक्त अवार्ड दिएको हो ।

अवार्डसँगै प्रधानमन्त्री ओलीलाई १ लाख डलर पुरस्कार दिइएको छ । प्रधानमन्त्री ओलीले उक्त रकम कोष बनाएर यूवाका क्षेत्रमा काम गर्नका लागि सरकारी कोषमा दाखिला गरेको घोषणा गरेका छन् । सुशासनबाटै समृद्धि सम्भव 
प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासनबाट मात्रै समृद्धि सम्भव रहेको बताए । काठमाडौंमा आइतबार सम्पन्न एसिया प्यासिफिक सम्मेलन– २०१८ को अवार्ड वितरण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सुशासन बिना विकास सम्भव हुन नसक्ने बताए ।

उनले सरकार जनसेवाका सबै क्षेत्रहरुमा पारदर्शी तरिकाले सेवा दिन तयार रहेको बताए । “सरकार जनअनुमोदिन भएकाले जनताप्रति उत्तरदायी छ । उत्तरदायित्व र जवाफदेहिताबिना सुशासन सम्भव छैन,” उनले भने ।

प्रधानमन्त्रीले भ्रष्टाचार पैसामा मात्र नभई नीति, विधि र शक्तिको दुरुपयोगलगायतका विषयमा पनि हुन सक्ने बताए । “तर, सरकारले शुन्य सहनशीलताको नीति अबलम्बन गरेकाले यी कुनै पनि प्रकारका भ्रष्टाचारमा सरकारले कारबाही गर्दछ,” उनले भने ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सरकारसँग कांग्रेसको माग- रवि लामिछानेलाई तत्काल पक्राउ गरियोस्

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध तत्काल पक्राउ पुर्जी जारी …

प्रतिकृया दिनुहॊस