मानवअधिकार तथा शान्ति समाजको सभापतिमा पुडासैनी निर्वाचित

काठमाडौं । मानवअधिकार तथा शान्ति समाजको २१ औं राष्ट्रिय परिषद् बैठकले उत्तम पुडासैनीको सभापतित्वमा २७ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित गरेको छ । केन्द्रीय कार्यसमितिको वरिष्ठ उपसभापतिमा गोविन्द खनाल, उपसभापतिमा विष्णुप्रसाद चापागाईं, महिला उपसभापतिमा रेणुका पौडेल, महासचिवमा सुशिल बस्नेत चयन भएका छन् ।

सचिवमा प्रदेश १ बाट चन्द्र आङदम्बे, प्रदेश २ बाट अनन्त कोइराला, प्रदेश ३ बाट बाबुहरी आचार्य, गण्डकी प्रदेशबाट श्यामसुन्दर पराजुली, प्रदेश ५ बाट कृष्णबहादुर रावल, कर्णाली प्रदेशबाट पुष्पा मल्ल र प्रदेश ७ बाट मदनबहादुर कुँवर निर्वाचित भएका छन् ।

सचिव महिलातर्फ रत्नलक्षी श्रेष्ठ, सचिव दलितबाट टेकबहादुर सार्की, सचिव आदिवासी जनजातिमा बलबहादुर गाहामगर, सचिव मधेशी समुदायबाट परमानन्द चौधरी निर्वाचित भएका छन् । कोषाध्यक्षमा रामकृष्ण बराल तथा सदस्यमा विकास थापा, क्षमादेवी अधिकारी, सीता श्रेष्ठ, श्यामप्रसाद लामिछाने, दिपेन्द्र राई, लालप्रसाद पंगेनी, मोहन विश्वकर्मा, रामप्रसाद जोशी, मीना ढकाल र अन्जु गौतम परियार निर्वाचित भएका छन् । सबै २७ पदाधिकारी निर्विरोध निर्वाचित भएका हुन् ।

शान्ति समाजको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिला बैठकले समाजको सल्लाहकारमा पूर्वसभापति होमकान्त चौलागाईं र निवर्तमान सभापति डा. गंगाधर अधिकारीलाई मनोनयन गरेको छ भने अनुशासन समितिको संयोजकमा डिकप्रसाद घिमिरे र अपिल समितिको संयोजकमा बटुकृष्ण ढुंगेललाई मनोनयन गरेको छ । केन्द्रीय कार्यसमितिको ६ सदस्यमा गीता तिमल्सिना, गीता श्रीस, सरस्वती ढकाल, नम्रता पौडेल, रेखा राय र विभू पोखरेललाई मनोनित गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस