तनहुँमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु

काठमाडाैं । तनहुँमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। जिल्लाको घिरिङ गाउँपालिका-३, सिलिङमा शनिबार राति ११ बजे ना ६ त ६८६० नम्बरको ट्याक्टर सडकबाट सय मिटर तल खसेको हो।

दुर्घटनामा ट्याक्टर चालक भीमाद नगरपालिका-१ का २६ वर्षीय इन्द्रबहादुर नेपाली र घिरिङ गाउँपालिका-३ का ३६ वर्षीय शुकबहादुर विकको मृत्यु भएको तनहुँ जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

सिलिङ भन्ने ठाउँबाट घिरिङ बजारमा पराल लिएर आउँदै गरेको उक्त ट्याक्टर दुर्घटना हुँदा घटनास्थलमै उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस