सरकासँग न्याय माग्दै सडकमै सुते महिला

काठमाडाैं । बागलुङमा करिब दुई सय महिलाले सडकमा सुतेर कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्याका दोषीलाई कारबाही माग गरेका छन्।

चिसो भुइँमा करिब एक घण्टा सुतेर गरिएको दबाब कार्यक्रममा १५ वर्षीया किशोरीदेखि ७० वर्षीया बृद्धासम्म सहभागी थिए। यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ।

टाउकोमा कालोपट्टी बाँधेर उनीहरुले निर्मला पन्तको फोटोसहितको पोष्टर छातीमा टाँसेका थिए।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री