चितुवाले १७ दिनमा दुई बालक मार्‍यो, स्थानीय त्रसित

तनहुँ । तनहुँको भानुमा १७ दिनको अवधिमा चितुवाको आक्रमणबाट दुई बालकको मृत्यु भएको छ। चितुवाको आक्रमणबाट चार वर्षीय बालकको मृत्यु भएको १७ दिनपछि शनिबार राती १० वर्षीय अर्का बालकको पनि चितुवाको आक्रमणबाट मृत्यु भएको छ।

भानु नगरपालिका–२ ढल्केवरका १० वर्षीय बालक अमृत गुरुङको चितुवाको आक्रमणबाट मृत्यु भएको हो। चितुवाको आक्रमणबाट घाइते भएका बालकको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।

खाना खाएर हात धुन घरको आँगनमा निस्केका गुरुङलाई चितुवाले घिस्याउँदै लगेको हो। चुठ्न बाहिर गएको छोरो नफर्किएपछि बाबु माइला गुरुङले प्रहरीलाई खबर गरेका थिए। प्रहरी र स्थानीयवासीको सहयोगमा खोजतलास गर्दा घरभन्दा केही तल रहेको खोल्सामा अमृतले लगाएको ज्याकेट भेटिएको थियो। उक्त खोल्साभन्दा तल अमृत घाइते अवस्थामा भेटिएका थिए।

उनको घाँटीमा चितुवाको नङग्राले चिथोरेको थियो। चितुवाको आक्रमणबाट बालकको ज्यान गएलगत्तै चितुवालाई नियन्त्रण लिन प्रहरी परिचालन गरिएको छ।

भानुमा चितुवाको त्रास
भानु नगरपालिकामा चितुवाको त्रास बढेको छ। चितुवाको आक्रमणबाट १७ दिनको अवधिमा दुई जनाको ज्यान गएपछि स्थानीयवासी त्रसित भएको स्थानीय भगवान त्रिपाठीले बताए। कात्तिक २९ गते चितुवाको आक्रमणबाट भानु नगरपालिका–४ जोखाने निवासी चार वर्षीया बालिका रञ्जिता लम्सालको मृत्यु भएको थियो।

उक्त घटना भएको १७औँ दिनको दिन शनिबार राति १० वर्षीय अमृतको समेत चितुवाको आक्रमणबाट मृत्यु भएको छ। त्यस्तै मङ्सिर १ गते नै भानु नगरपालिका–२ मा सात वर्षीय सञ्जन नेपालीलाई समेत चितुवाले आक्रमण गरेको थियो। तर नेपाली भने सामान्य घाइते मात्रै भएका थिए।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस