काठमाडौँ–तराई द्रुतमार्ग : निर्माण कार्य तीव्र पारियाे

काठमाडौँ । कम समय र खर्चमा राजधानीबाट तराई आवतजावत गर्न सकियोस् भन्ने उद्देश्यसहित निर्माण सुरु गरिएको काठमाडौँ–तराई द्रुतमार्ग (फास्टट्रया) को निर्माण कार्य तीव्र पारिएको छ । द्रुतमार्ग निर्माणको जिम्मेवारी पाएका नेपाली सेनाका अनुसार विभिन्न २८ वटा कम्पनीसँग भएको निर्माण सम्झौतासँगै राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत काठमाडौँ–तराई दु्रतमार्ग निर्माण कार्यलाई थप पारिएको हो। अहिलेसम्मको भौतिक प्रगति शत्प्रतिशत र वित्तीय प्रगति ९५ प्रतिशत रहेको नेपाली सेनाले जानकारी गराएको छ ।

नेपाली सेनाका प्रवक्ता एवम् सहायक रथी यमप्रसाद ढकालले निर्माणसँग सम्बन्धित २३ वटा र उपकरणसँग सम्बन्धित पाँचवटा कम्पनीसँग भएको सम्झौतासँगै दु्रतमार्ग निर्माण कार्यले थप गति लिएको बताए । निर्माणसँग सम्बन्धित २३ वटामध्ये २० वटा कम्पनीले फिल्डमा काम गर्न सुरु गरिसकेको र तीनवटाले चाँडै नै काम सुरु गर्ने जानकारी प्रवक्ता ढकालले दिए । सेनाले विभिन्न २८ वटा प्याकेजमा ठेक्का आह्वान गरेको थियो ।

निजगढमा प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको ‘पहुँच मार्ग’ को रुपमा समेत लिइएको यस द्रुतमार्गको निर्माण लागत करिब एक खर्ब १२ अर्ब रुपियाँ लाग्ने अनुमान गरिएको छ । सडक निर्माण कार्य सुरु भएयता अहिलेसम्म मुआब्जासहित करिब आठ अर्ब रुपियाँ खर्च भइसकेको यस द्रुतमार्गको रेखाङ्कनमा पर्ने बीस हजार रुख काटने काम सम्पन्न भइसकेको नेपाली सेनाले जनाएको छ । सेनाका अनुसार द्रुतमार्ग निर्माणका लागि ९६ प्रतिशत मुआब्जा वितरण कार्य सम्पन्न भइसकेको छ ।

काठमाडौँको प्रस्तावित बाह्य चक्रपथको सानो खोकनादेखि बारा जिल्लाको निजगढसम्म सो मार्गको दुरी ७३ किलोमिटर रहेको छ । यो मार्गको निर्माणपछि यस मार्गमा प्रतिघण्टा ८० किलोमिटरको गतिमा सवारी गुड्ने क्षमताको हुनेछ । समतल सतहमा यो मार्गको चौडाई २२ मिटरको हुनेछ ।

आयोजनाका अनुसार, यस प्रस्तावित द्रुतमार्गमा १.३५० किलोमिटरको सुरुङमार्ग तथा ९६ वटा पुल निर्माण गर्नुपर्ने हुन्छ । यो मार्ग सिधै निजगढ जाने भएकाले बीचमा १७ किलोमिटर लम्बाईको सडकले हेटौडालाई जोड्नेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

झ्याप्ले खोलामा मर्मतपछि सडक दुई तर्फी सुचारु

काठमाडौँ । धादिङको झ्याप्ले खोलामा पहिरोले बिग्रेको सडक खुलेको छ । १२ बजेदेखि नै बन्द …

प्रतिकृया दिनुहॊस

This will auto close after