रक्षामन्त्री पोखरेल र अमेरिकी सेनाको इन्डो प्यासिफिक प्रमुख बीच भेटवार्ता

काठमाडौं । अमेरिकी सेनाको इन्डो प्यासिफिक क्षेत्र हेर्ने प्रमुख एडमिरल फिलिप एस डेभिड्सनले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखेरलसँग शिष्टाचार भेटवार्ता गरेका छन्।

सेना प्रमुख एडमिरल डेभिडसनले शुक्रबार बिहान रक्षा मन्त्रालयमा मन्त्री पोखरेलसँग भेट गरे। डेभिड्सन दुईदिने भ्रमणका लागि बिहीबार काठमाडौं आएका हुन्। मन्त्री पोखरेलसँगको भेटमा द्विपक्षीय सैन्य सहायता र एसिया प्यासिफिक क्षेत्रभित्र पर्ने इन्डो प्यासिफिक क्षेत्रको सुरक्षा चुनौतीबारे छलफल भएको छ। यसमा नेपाल र अमेरिकाले खेल्न सक्ने भूमिकाबारे कुराकानी भएको थियो। साथै अमेरिकी सेनाले नेपाली सेनाको क्षमता विकास र सैन्य कुटनैतिक सम्बन्धलाई बलियो बनाउँदै लैजाने विषयमा द्विपक्षीय छलफल भएको रक्षा मन्त्रालयका सहसचिव तथा प्रवक्ता बाबुराम गौतमले जानकारी दिए।

भ्रमणमा रहेको सेना प्रमुखको टोलीले बिहीबार नै नेपाली सेनाका सेनापति पूर्णचन्द्र थापासँग भेट गरिसकेको छ। सेना प्रमुख डेभिड्सनको टोलीले काभ्रेको पाँचखालमा रहेको नेपाली सेनाको वीरेन्द्र शान्तिकार्य तालिम केन्द्रको निरिक्षण भ्रमण गर्नेछ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पत्रकार महासंघको निर्वाचन मंसिर २८ मा

काठमाडौं । नेपाल पत्रकार महासङ्घको प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला मध्यपुरथिमिको बोडेमा गएराति सम्पन्न …

प्रतिकृया दिनुहॊस