काठमाडौं । किया स्पोर्टेजको चौंथो संस्करणको कार सार्वजनिक भएको छ । नेपालका लागि किया मोटर्सको आधिकारिक विक्रेता कन्टिनेन्टल ट्रेडिङ प्रालिले उक्त कार नेपालमा ल्याएको हो । कम्पनीले आफ्नो स्थापनाको २५औं वर्षको अवसरमा शुक्रवार उक्त कार सार्वजनिक गरेको हो । कियाका उत्पादनमध्ये स्पोर्टेज लामो समयदेखि ग्राहकमाझ लोकप्रिय छ । कम्पनीले यो कारको इन्टेरियर (भित्री भाग) र एक्स्टेरियर (बाहिरी भाग) मा आकर्षक विशेषता थपिएको बताएको छ । पहिलेको तुलनामा थप आकर्षक, सुरक्षित …
पुरा पढ्नुहॊस »डेढ वर्षीय छोरा झुुण्डिएको र आमा भुइँमा लडेको अवस्थामा मृत फेला
रुकुम । सिस्ने गाउँपालिका–६ की ३० वर्षीया रेनुका केसी शाह र उहाँका २० महीनाका नाबालक छोरा एटियम शनिबार जङ्गलमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व) ले जनाएको छ । उनी पुस २६ गते औषधि गर्न नेपालगञ्ज जाने भन्दै घरबाट निस्केकी थिइन् । घरदेखि तीन किलोमिटर टाढाको उदीनढुङ्गा भन्ने जङ्गलमा छोरा झुन्डिएको र आमा भुइँमा लडेको अवस्थामा फेला परेको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक लोकनाथ तिम्सिनाले बताए । दाउरा काट्न …
पुरा पढ्नुहॊस »एमबिबिएस भर्नाः सरकारले तोकेको भन्दा १४ लाखसम्म वढी असुल
काठमाडाैँ । चिकित्सा शिक्षा सुधारका लागि व्यापक बहस भइरहेका वेला निजी मेडिकल कलेजहरूले मनपरी शुल्क लिएका छन् । सरकारले उपत्यकामा ३८ लाख ५० हजार र उपत्यकाबाहिर ४२ लाख ४५ हजारसम्म लिएर एमबिबिएस पढाउन सकिने व्यवस्था गरेको छ । तर, मेडिकल कलेजहरूले १४ लाखसम्म बढी शुल्क लिएको भेटिएको छ । यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ। वीरगन्जस्थित नेसनल मेडिकल कलेजले एमबिबिएसका विद्यार्थीसँग सरकारले तोकेभन्दा १४ लाखसम्म बढी शुल्क असुलेको खुलेको छ । गत २६ …
पुरा पढ्नुहॊस »नेपालमा थपिए ५११ हिमताल, एक सय २ हिमताल भने लाेप
काठमाडाैँ । नेपालमा ३० वर्षको अवधिमा ५ सय ११ वटा हिमताल थपिएका छन् । जलवायु परिवर्तनका कारण उच्च हिमाली भेगका हिमनदी पग्लन थालेपछि हिमतालको संख्या बढेको हो। त्रिभुवन विश्वविद्यालय र चाइनिज एकेडेमी अफ साइन्सको इन्स्टिच्युट अफ तिब्बेतीयन प्लेटुले सन् १९७७ देखि २०१७ सम्म नेपालमा रहेका हिमतालको अवस्थाबारे गरको अनुसन्धानले हिमताल बढेको देखाएको छ । यो खबर आजको कान्तिपुर दैनिकमा गोविन्द पोखरेलले लेखेका छन्। अनुसन्धानअनुसार ३० वर्षको समयावधिमा हिमतालको क्षेत्रफल २५ प्रतिशतले बढेको छ । …
पुरा पढ्नुहॊस »छात्राको संवेदनशील अंगमा हात लाने शिक्षक पक्राउ
नवलपरासी । नवलपरासी पूर्वस्थित गैँडाकोटको एक विद्यालयमा छात्रालाई यौन दुव्र्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन्। गैँडाकोट नगरपालिका–११ भेडाबारीमा रहेको मुकुन्दसेन बोर्डिङ स्कूलका प्रधानाध्यापक राजेन्द्र पौडेलले शनिबार कक्षा १० मा पढ्ने छात्रामाथि दुव्र्यवहार गरेको भनी परिवारको उजुरी परेपछि प्रहरीले पक्राउ गरेको हो। छात्राको संवेदनशील अङ्गमा पौडेलले हात पु¥याएपछि पीडित छात्राले अभिभावकलाई जानकारी गराएसँगै घटना बाहिर आएको थियो। छात्रा एसइई परीक्षाको तयारीका लागि कोचिङ कक्षा लिइरहेकी थिइन्। उजुरी परेपछि पौडेललाई …
पुरा पढ्नुहॊस »रुपन्देहीमा प्रहरी र तस्करबीच गोली हानाहान, एक तस्करको मृत्यु
भैरहवा । रुपन्देहीमा तस्कर र प्रहरीबीचको गोली हानाहानमा एक तस्करको मृत्यु भएको छ। सिद्धार्थनगर नगरपालिका–१०, शंकरपुरमा गस्तीमा खटिएको प्रहरी टोलीमाथि अकस्मात गोली प्रहार भएपछि जवाफी कारबाहीमा ती तस्करको मृत्यु भएको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरिक्षक हृदय थापाले जानकारी दिए। भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका करीब ३०/३५ वर्ष उमेरका एक तस्करको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको र उनको शव हाल पोष्टमार्टमका लागि भीम अस्पताल, रुपन्देहीमा राखिएको पनि थापाले बताए। प्रहरी …
पुरा पढ्नुहॊस »बस दुर्घटनामा ३१ जना घाइते
धादिङ। काठमाडौँबाट बर्दियातर्फ जाँदै गरेको यात्रुवहाक बस धादिङको बेनी घाटरोराङ गाउँपालिका–९ हुग्दीपुल नजिकै आज बिहान दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् । अत्यधिक गतिमा गुडेको बा२ख ४६८३ नम्बरको बस मोडमा सडकमै पल्टिएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ । दुर्घटनामा ३१ जना घाइते भएका छन् । घाइतेको बजारवासी प्रहरीले उद्धार गरी राजमार्ग सामुदायिक अस्पताल मलेखु, गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । घाइतेमध्ये एक जनाको …
पुरा पढ्नुहॊस »उपत्यकाभित्र निर्माणाधीन सडकः जाडोले रोकियो कालोपत्रे
काठमाडौँ । चिसो अत्यधिक बढेपछि उपत्यकाभित्र निर्माणाधीन सडक कालोपत्रेको काम रोकिएको छ । काम रोकिँदा सबैभन्दा बढी समस्या त्रिपुरेश्वर–कलंकी–नागढुंगा र चाबहिल–जोरपाटी–साँखु सडकमा परेको छ । कलंकी–नागढुंगा खण्डको १२ किमिमध्ये ७ किमि मात्रै कालोपत्रे भएको छ। निर्माण थालेको ३ वर्ष पूरा भइसकेको छ। ठेक्का सम्झौताको समय सकिइसकेको छ। काम भने आधाजसो मात्रै भएको छ। चार भागमा विभाजन गरेर ठेक्का लगाइएको सडकमा तीनवटा खण्डको ठेक्का शैलुङ कन्स्ट्रक्सनले ज्वाइन्ट भेन्चरमा लिएको थियो। काठमाडौं …
पुरा पढ्नुहॊस »हेल्मेटभित्र लुकाएर लागुऔषध कारोबार
विराटनगर । हेल्मेटभित्र लुकाएर लागुऔषध कारोबार गर्ने एक ब्यक्तिलाई प्रहरीले विराटनगरमा पक्राउ गरेको छ। विराटनगर महानगरपालिका–१२ बाट सुनसरी धरान उपमहानगरपलिका–१५ का ४५ वर्षीय दीप बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो। उनको साथबाट ३ सय ८४ ट्याब्लेट स्पास्मो प्रोक्सिवन र २ बोतल डाइलक्स डिसी बरामद भएको छ। को ३ प ८७४१ नम्बरको मोटरसाइकलमा रहेका बस्नेतलाई सवारी चेकजाँचका क्रममा पक्राउ गरिएको सीमा प्रहरी चौकी रानीले जनाएको छ। उनले हेल्मेटभित्र लागुऔषध लुकाएका थिए। बस्नेतको विषयमा …
पुरा पढ्नुहॊस »एक केजी सुनसहित ६ जना पक्राउ
सिरहा । सशस्त्र प्रहरी बल ७ नम्बर वाहिनी सिरहाले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत गोलबजार नगरपालिका र मिर्चैया नगरपालिकाको सीमामा पर्ने घुर्मीखोलाबाट एक केजी सुन बरामद गरेको छ । विशेष सुराकीको आधारमा शनिबार बिहान एसपी सोमबहादुर गुरुङको टोलीले एक केजी सुनसहित भारतीय नम्बर प्लेटको जीप र ६ जना तस्करहरु नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीले आजै पत्रकार सम्मेलन गरी विस्तृत जानकारी गराउने भएको छ ।
पुरा पढ्नुहॊस »