यातायात व्यवस्था विभागले मोटर बीमाको बीमांक रकम बढाउने तयारी

काठमाडौं ।यातायात व्यवस्था विभागले सवारी साधन दुर्घटना बीमाको बीमांक रकम बढाउने तयारी गरेको छ ।

विभागले र सवारी साधनको दुर्घटना मृत्यूमा भएमा १० लाख, मेरुदण्ड र टाउँकोमा चोट लागेको खण्डमा १५ लाख रुपैयाँ र उपचार खर्च बापत ६ लाख रुपैयाँ भुक्तानी पाउने व्यवस्था गर्न लागेको विभागका सुचना अधिकार गोकर्ण प्रसाद उपाध्यालले बताएका छन् ।

विभागले उक्त प्रस्ताव भौतिक योजना तथा पूर्वाधार मन्त्रालयमा पठाएको छ । तर, यातायात व्यवसायी भने दुर्घटनाको सबै जिम्मा बीमा कम्पनीले लिनुपर्ने अडान राखेका छन् । उनीहरुका अनुसार कम्पनीहरुले दुर्घटना हुँदा लाग्ने सम्पूर्ण खर्च कम्पनीले नै व्यहोर्ने भने माग राखेका छन् ।

बीमा समिति अनुसारको अहिले सवारी दुर्घटना बीमांक रकम अधिकत्तम ८ लाख रुपैयाँ छ । दुर्घटनाबाट मृत्यू भएमा ५ लाख र उपचार बापत ३ लाख रुपैयाँ तोकिएको छ ।

निजी सवारी साधनको हकमा तेस्रो पक्ष मानब क्षतिको अधिकत्तम दायित्व ८० लाख र सम्पति क्षतिको अधिकत्तम दायित्व पनि ८० लाख रुपैयाँ रहेको छ ।
व्यवसायिक सवारी साधनको हकमा पनि तेस्रो पक्ष मानव क्षतिको अधिकत्तम दायित्व ५० लाख रुपैयाँ र समपति क्षतिको अधिकत्तम दायित्वमा पनि ५० लाख रुपैयाँ रहेको छ ।

मोटरसाईकल दुर्घटना भएको अवस्थामा मानव क्षति र समपति क्षतिको अधिकत्ता क्षति २५/२५ लाख रुपैयाँ रहेको छ । सरकारले सबै यातायात समिति खारेज गरेपछि यातायात व्यवसायीहरु मर्कामा पर्दै आएका छन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

आज पनि प्रतिनिधिसभा बैठक, के छन् कार्यसूची ?

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ । बिहान ११ बजेदेखि सुरु …

प्रतिकृया दिनुहॊस