समाचार

सोनाम ल्होछार पर्व आज, विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । मञ्जुश्री पात्रोअनुसार आजदेखि कुकुर वर्ष पूरा गरी सुँगुर वर्ष प्रवेश हुन्छ । यो २८५५औँ सोनाम ल्होछार हो । मञ्जुश्री पात्रो शुरु भएको २८५५औँ वर्ष भएकाले सोनाम ल्होछार पनि त्यति नै वर्ष भएको मूल आयोजक समितिले जनाएको छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम …

पुरा पढ्नुहॊस »

युवकको शव फेला

कञ्चनपुर । वेदकोट नगरपालिकाको सामादैजी नजिक पूर्व–पश्चिम राजमार्गमा करिब २२ वर्षीय युवकको शव फेला परेको छ। सडकमै शव देखेपछि स्थानीयले सोमबार बिहान प्रहरीलाई खबर गरेका हुन्। युवकको बाया कन्चटमा खोस्रिएको जस्तो घाउ देखा परेकाले सवारी साधानको ठक्कर दिएको हुनसक्ने आशंंका गरेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरिक्षक रमेशदत्त अवस्थीले बताए। उन भने, ‘शवबारे आवश्यक अनुसन्धानको कार्य अगाडि बढाएका छौं।’ प्रहरी निरीक्षक अवस्थीका अनुसार ती युवक दैजी क्षेत्रमा देखा परेको र …

पुरा पढ्नुहॊस »

काठमाडौं विश्वविद्यालयमा जागिर खुल्यो

काठमाडौं । विश्वविद्यालयले असिस्टेन्ट प्रोफेसर पदमा दरखास्त आह्वान गरेको छ । विश्वविद्यालयले सोमबार जारी गरेको एक सूचनाअनुसार आर्ट्स, एजुकेसन, इन्जिनियरिङ, ल, म्यानेजमेन्ट र साइन्स स्कुलमा दरखास्त आह्वान गरेको हो । इच्छु्क र योग्यता पुगेका उम्मेदवारले १८ जनवरीभित्र दरखास्त दिनुपर्ने सूचनामा उल्लेख गरिएको छ ।  

पुरा पढ्नुहॊस »

अवैध औषधि पसल खोलेर बिरामी जाँच्‍ने भारतीय नागरिक पक्राउ

झापा । सीमावर्ती बजारमा अवैध रुपमा औषधि पसल खोलेर नेपाली बिरामी जाँच्ने एक भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत विहारस्थित किशनगञ्ज जिल्ला राजाग्राम बस्ने ३२ वर्षीय सागर सिंह रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। प्रहरीका अनुसार सिंहले दक्षिणी झापाको कचनकवल गाउँपालिका २ पथरीया बजारमा औषधि व्यवस्था विभागको अनुमतिपत्र बिना औषधि पसल खोलेका थिए। उनले भारतबाट अवैध रूपमा औषधि ल्याउनुका साथै नेपाली बिरामी जाँचेर बिक्रीवितरण …

पुरा पढ्नुहॊस »

संवैधानिक आयोगका प्रस्तावित अध्यक्षविरुद्ध उजुरी आह्वान

काठमाडौं । संसदीय सुनुवाइ समितिले विभिन्न ५ संवैधानिक आयोगमा प्रस्तावित अध्यक्षविरुद्ध उजुरी आह्वान गरेको छ । संवैधानिक परिषद्बाट प्रस्तावित संवैधानिक आयोगका अध्यक्षको सुनुवाइ संसदीय समितिले गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुरुप अध्यक्षमा सिफारिस ५ व्यक्तिविरुद्ध सोमबार उजुरी आह्वान गरिएको हो । संवैधानिक परिषद्को गत माघ ६ गते बसेको बैठकले बालानन्द पौडेललाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, डा. शान्तराज सुवेदीलाई राष्ट्रिय समावेशी आयोग र डा. विजयकुमार दत्तलाई मधेसी आयोगको अध्यक्षमा सिफारिस गरेको थियो …

पुरा पढ्नुहॊस »

रुकुम पूर्वमा सदरमुकाम विवाद : आन्दोलन चर्किएपछि निषेधाज्ञा जारी

रुकुमपूर्व । रुकुम पूर्वको रुकुमकोटमा निषेधाज्ञा जारी गरिएको छ । सदरमुकामको विवाद चुलिँदै गएपछि जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वले आइतबार साँझ ७ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको जनाएको छ । सदरमुकामका लागि रुकुमकोटका र गोलखाडाबासीले आ–आफ्ना आन्दोलनका कार्यक्रमहरु गर्न नछोड्ने अडान लिएपछि चार किल्ला तोकी निषेधित क्षेत्र घोषणा गरिएको कार्यालयले जनाएको छ । रुकुमकोटको चार किल्लामा कुनै पनि किसिमका सभा, जुलुस, भेला तथा प्रदर्शनका कार्यक्रमहरु गर्न गराउन निषेध गरिएको प्रमुख …

पुरा पढ्नुहॊस »

बेरोजगारको नामावली संकलन गर्दै सरकार

काठमाडाैँ । सरकारले देशभरका बेरोजगार युवाको नामावली संकलन गर्न तयारी थालेको छ । सरकारले चालू आर्थिक वर्ष (आव) २०७५/७६ को नीति तथा कार्यक्रममा ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत त्यस्तोे नामावली संकलनका निम्ति तयारी थालिएको हो । त्यसका निम्ति प्रत्येक स्थानीय तहमातहत ‘रोजगार सेवा केन्द्र’ स्थापना गरी ती केन्द्रमा रहने संयोजक छनोटको काम तीव्र गतिमा भइरहेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार माघ ४ गतेदेखि गत शुक्रवारसम्म आवेदन खुला …

पुरा पढ्नुहॊस »

सरकारविरुद्ध देशभर प्रदर्शन गर्दै कांग्रेस

काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज (सोमबार) देशभर सरकारविरुद्ध प्रदर्शन गर्दैछ। सरकारको कार्यशैलीप्रति रुष्ट कांग्रेसले ११ वटा मुद्दा उठाउँदै आज देशका ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्न लागेको हो। त्यसका लागि धेरैजसो शीर्ष नेताहरू गृहजिल्ला पुगिसेकेको कांग्रेसले जनाएको छ। वरिष्ठ नेता रामचन्द्र पौडेल गृह जिल्ला तनहुँ तथा महामन्त्री डा. शशांक कोइरालाले नवलपुरको विरोध सभामा सहभागी हँुदैछन्। यसैगरी पार्टी प्रवक्ता विश्व प्रकाश शर्मा चितवनको विरोध सभामा सहभागी हुनेछन्।चितवनको सभा …

पुरा पढ्नुहॊस »

मेलम्चीले सीएमसीलाई दिएको अल्टिमेटम मंगलबार सकिदै

काठमाडौं । मेलम्ची खानेपानी विकास समितिले निर्माण कम्पनी सीएमसीलाई काममा फर्कन दिएको अन्तिम मंगलबार  सकिदै छ ।अहिलेसम्म निर्माण कम्पनी कुनै सम्पर्कमा नआएको समितिका कार्यकारी निर्देशक सूर्यराज कँडेलले जानकारी दिएका छन् । माघ २२ गतेसम्मको १४ दिने म्यादसहित सम्झौता तोड्ने आसयपत्र सरकारले पठाएको थियो । समितिका कार्यकारी निर्देशक कँडेलका अनुसार अझै दुई दिन बाँकी छ । अहिलेसम्म कुनै जानकारी आएको छैन । आउने संभावना पनि कम छ । नआए कसरी अघि …

पुरा पढ्नुहॊस »

विश्व क्यान्सर दिवस : नेपालमा क्यान्सरको अवस्था भयावह

काठमाडौ । पछिल्लो समय नेपालमा क्यान्सर भयावह रुपमा देखापर्न थालेको छ । सार्क फेडरेसन अफ अंकोलोजिस्ट नेपालका अध्यक्ष वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. राजेन्द्र प्रसाद बरालले नेपालमा दैनिक रुपमा क्यान्सरका बिरामी बढीरहेको बताएका छन् । पछिल्लो समय नेपालमा पुरुषमा फोक्सो र महिलालाई पाठेघरको क्यान्सर अत्यधिक मात्रामा देखापर्ने गरेको जानकारी दिदै उनले सुरुमै क्यान्सर रोग पत्ता लगाउन सके क्यान्सरलाई जित्न सकिने बताए । पहिले–पहिले ‘क्यान्सर नो एनसर’ भन्ने चलन थियो, डा …

पुरा पढ्नुहॊस »