सडकमा टिपर आतंक, नजिकै आउँदा भाग्नुपर्ने बाध्यता

काठमाडौं । काठमाडौं उपत्यकावासीमा टिपर त्रास बढेको छ । यहाँ हिँड्डुल र यात्रा गर्ने अधिकांश नागरिक जुनसुुकै समयमा पनि टिपरका कारण मृत्युको मुखमा पर्न सक्नेमा भयभित छन् ।

उपत्यका मात्रै होइन, देशभर टिपरको दादागिरीले सर्वसाधारण आतंकित छन् । पैदल यात्रु, मोटरसाइकल चालक वा गाडी चालक जोसुकै पनि नजिकैबाट टिपर हुइँकिएर आउँदा लामो सास फेर्न विवश छन् ।

अनियन्त्रित गति र लापर्बाहीका कारण टिपरको ठक्करले मानिसको मृत्यु हुने क्रम बढे पनि सरकारी निकायले नियन्त्रण गर्न सकेको छैन ।

कतिपय उपत्यकावासीमा सडकमा टिपर आँउदा ज्यानै लिन आएजस्तो असुरक्षित महसुस हुने तथा सडक छाडेर भाग्नु नै सुरक्षित उपाय हो भन्नेसम्मको मनोवैज्ञानिक त्रास सिर्जना हुने गरेको गुनासो छ ।

चालू आर्थिक वर्षको पुस मसान्तसम्म उपत्यकामा टिपरको ठक्करबाट आठ जनाले ज्यान गुमाइसकेका छन् भने सयौंको संख्यामा घाइते भएका छन् । महानगरीय ट्राफिक महाशाखाका अनुसार उपत्यकामा मात्रै ६६८ वटा टिपर निरन्तर गुड्ने गर्छन् ।

गत आर्थिक वर्ष २०७४/७५ मा टिपरको ठक्करले उपत्यकामा २१ जनाको मृत्यु भएको थियो । रोडा, बालुवा, गिटीजस्ता निर्माण सामग्री ओसारपसारमा उपयोग गरिने टिपरलाई प्रहरीले समेत विशेष निगरानीमा राख्न सकेको छैन ।

जसका कारण पैदय यात्रु, दुईपांग्रे सवारी र चारपांग्रे सवारी समस्यामा पर्ने तथा आतंकित बन्ने गरेका छन् । पछिल्लोपटक १४ माघमा मोरङमा टिपरको ठक्करबाट ११ वर्षीया बालिकाको मृत्यु भयो ।

प्रहरीले दुर्घटनाको कारण अनियन्त्रित गति र चालकको लापर्बाही नै भएको ठहर गरेको छ ।

यस्ता अधिकांश दुर्घटनाको कारण भने चालकको लापर्बाही, अनियन्त्रित गतिमा सवारी चलाउने र ओभरटे हुने गरेको प्रहरी बताउँछ । -राजधानी दैनिकबाट

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

फैसलाको पूर्णपाठ प्राप्त भएपछि अदालतमा उपस्थित हुनेछु : दीपक मनाङ्गे

काठमाडौं । गण्डकी प्रदेश सभाका सांसद राजीव गुरुङ ‘दिपक मनाङ्गे’ ले आफूविरुद्ध मुद्दाको पूर्णपाठ आएपछि …

प्रतिकृया दिनुहॊस