काठमाडौं । तराई–मधेस तथा थरुहट आन्दोलनमा भएका घटनाको छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन अहिलेसम्म सार्वजनिक हुन सकेको छैन । आयोगले एक वर्षअघि नै बुझाएको सो प्रतिवेदन सरकारले अहिलेसम्म सार्वजनिक गर्न सकेको छैन । प्रतिवेदन सार्वजनिक गर्न राष्ट्रिय जनता पार्टी नेपालले पटक–पटक आग्रह गर्दा पनि सरकारले अध्ययन गरेर मात्रै सार्वजनिक गर्ने भन्दै रोकेको छ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा २ असोज २०७३ मा गठित आयोगले प्रतिवेदन बुझाएको …
पुरा पढ्नुहॊस »एसईई : प्रश्नपत्र बाहिरिएपछि प्रदेश २ मा सामाजिक विषयको परीक्षा स्थगन
जनकपुरधाम । प्रदेश २ मा माध्यमिक शिक्षा परीक्षा बोर्ड (एसईई) अन्तर्गत शुक्रबार हुने अनिवार्य सामाजिक अध्ययन विषयको प्रश्नपत्र बाहिरिएपछि परीक्षा स्थगन भएको छ। सामाजिक सञ्जालमार्फत बिहीबार बेलुकी जनकपुरधामबाटै सामाजिक विषयको प्रश्नपत्र बाहिरिएपछि परीक्षा स्थगन गरेको प्रदेश २ का शिक्षा निर्देशनालयका निर्देशक रमाकान्त शर्माले जानकारी दिए । सामाजिक विषयको समूह ‘ए’ पश्नपत्र भेटिएपछि रद्द गरिए पनि सोही विषयको एक्जाम्टेडतर्फको समाजिक, प्राविधिक विषय, र ग्रेड वृद्धिको विषयको परीक्षा यथावत् रहने निर्देशक शर्मा …
पुरा पढ्नुहॊस »गाडीमा अचानक आगलागी
कैलाली । कैलालीको अत्तरीयामा एउटा गाडीमा अचानक आगलागी भएको छ । बिहान ७ बजेर ४० मिनेटमा गुडिरहेको गाडीमा आगो लागेको हो । अत्तरिया चोकमा यात्रु खोज्दै गरेको बा४ख ५८६८ नम्बरको हायस गाडीमा ईलाका प्रहरी कार्यालयको अगाडि आगो लागेको हो । गाडीमा आगो लागे पनि मानवीय क्षति भने हुन पाएन । दमकलको सहायतामा आगो नियन्त्रणमा लिने प्रयास भईरहेको प्रहरीले जनाएको छ ।
पुरा पढ्नुहॊस »माटोको ढिस्को खस्दा युवतीको मृत्यु
डडेल्धुरा । माटो खन्ने क्रममा माटोको ढिस्को खस्दा पुरिएर डडेल्धुरामा एक युवतीको मृत्यु भएको छ। गन्यापधुरा गाउँपालिका–२ कुजाकोटका २० वर्षीया कृष्णा देउवाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय डडेल्धुराले जनाएको छ। बिहीबार घर लिपपोत गर्ने रातोमाटो खन्ने क्रममा ढिस्को खसेर कृष्णा पुरिएकी थिइन्। उपचारको लागि डडेल्धुरा अस्पताल ल्याउने क्रममा बाटोमै उनको मृत्यु भएको हो।
पुरा पढ्नुहॊस »अब दाङ–काठमाण्डाै दैनिक दुईपटक उडान
दाङ । तुलसीपुर – काठमाडौ हवाई उडान दैनिक दुईपटक हुने भएको छ । यात्रुको चापका कारण नेपाल एयरलाइन्सको विमानले दैनिक २ वटा उडान भर्ने कमर्सियल डाइरेक्टर टंकनिधि दाहालले जानकारी दिए । दाहालका अनुसार चैत १८ गते सोमबारदेखि दिनमा दुईपटक हवाइ सेवा सञ्चालन हुने भएको हो । गएको असोज २७ गतेदेखि सातामा २ उडान भर्दै आएको वायुसेवा निगमको विमानले पुसदेखि दैनिक हवाइसेवा सञ्चालन गर्दै आएको थियो । लामो समयदेखि बन्द अवस्थामा …
पुरा पढ्नुहॊस »यस्तो छ स्वास्थ्य परीक्षण गर्ने संस्थाका लागि मलेसियाले पठाएको मापदण्ड
काठमाण्डौ । आफूले लाने कामदारका लागि मलेसियाले नेपाललाई पठाएको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाको मापदण्ड सरकारले सार्वजनिक गरेको छ । नेपाल र मलेसियाबीच गएको कात्तिकमा भएको श्रम समझदारीमा मलेसियाले आफूले लैजाने कामदारका लागि स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाको मादपण्ड आफैं बनाउने उल्लेख भए अनुसार मलेसियाले स्वास्थ्य संस्थाका लागि नयाँ मापदण्ड पठाएको हो । मलेसियाले कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाका लागि पठाएको नयाँ मापदण्ड श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बिहीबार सार्वजनिक …
पुरा पढ्नुहॊस »एसईई : प्रदेश २ को विज्ञान विषयको परीक्षा रद्द
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड बैठकले प्रदेश २ का ८ जिल्लामा माध्यमिक शिक्षा परीक्षा अन्तर्गत बिहीबार सञ्चालन भएको एसईईको विज्ञान विषयको परीक्षा रद्द गरेको छ । बिहीबारका लागि तयार भएको विज्ञान विषयको प्रश्नपत्र बुधबार नै सार्वजनिक भएको खुलासा भएपछि बोर्डले परीक्षा रद्ध गर्ने निर्णय गरेको हो । रद्द भएको परीक्षा चैत २२ गते गरिने छ ।सप्तरीको परीक्षा केन्द्रमा लाखौं रकमको चलखेलमा एक दिन अगावै प्रश्नपत्र बाहिरिएको सार्वजनिक भएपछि परीक्षा रद्ध …
पुरा पढ्नुहॊस »खुम्बुमा पर्यटक बढे
सोलुखुम्बु । पर्यटकीय सिजन सुरु भएसँगै खुम्बु क्षेत्रमा पर्यटकको संख्या बढ्न थालेको छ । विश्वको सर्वोच्च शिखर सगरमाथालगायत अन्य हिमाली मनोरम दृश्यको अवलोकन गर्न आउने पर्यटक दिन प्रतिदिन बढ्दै गइरहेका छन् । फागुनबाट सुरु भएर जेठको मध्यसम्म चल्ने यो सिजनका लागि चहलपहल सुरु भएको नाम्चेका व्यवसायी ग्याल्जेन शेर्पाले बताए । अहिले दैनिक झण्डै ४ सयको हाराहारीमा पर्यटक खुम्बु क्षेत्र आउने गरेकोे पर्यटन प्रहरी कार्यालय लुक्लाले जनाएको छ । केही दिनदेखि …
पुरा पढ्नुहॊस »रामेछापमा ट्रयाक्टर दुर्घटना, ६ जना घाइते, दुईको अवस्था गम्भीर
मेछाप । जिल्लाको मन्थली नगरपालिकाको सिक्रालमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन्। बुधबार साँझ भएको दुर्घटनामा घाइते भएका मध्य दुई जनाको अवस्था गम्भीर रहेको सशस्त्र प्रहरी बल आश्रित गुल्म रामेछापले जनाएको छ। दुर्घटनामा परी घाइते हुनेहरूमा पुरानागाउँका एकराज गिरी, उनका छोरा विवेक गिरी, सुनिल गिरी, रमिला गिरी, विजय गिरी र टयाक्टर चालक ओखलढुङ्गा खिजीफलाटेका गेल्जे शेर्पा रहेका छन्। सशस्त्र प्रहरीका अनुसार घाइतेहरूमध्ये एकराज गिरी र विजय गिरीको …
पुरा पढ्नुहॊस »सैनिक प्रवक्ता ढकालसहित १२ जनरलहरुको सरुवा
काठमाडाैँ । जंगी अड्डाले सैनिक प्रवक्ता यामप्रसाद ढकालसहित १२ जना जनरलहरुको सरुवा गरेको छ। सैनिक प्रवक्ता सहायकरथी (ब्रिगेडियर जनरल) ढकाल पूर्वी पृतना अन्तरगत धनकुटाको हिलेस्थित २ नम्बर बाहिनीको बाहिनीपतिमा सरुवा भएका छन्। ढकालले गत पुष अन्तिम सातामात्र सैनिक प्रवक्ताको जिम्मेवारी सम्हालेका थिए। ढकालको ठाउँमा सहायकरथी विज्ञानदेव पाण्डे सैनिक प्रवक्तामा नियुक्त भएका छन्। सैनिक प्रवक्तामा नियुक्त भएका पाण्डे १९ वाहिनीमा कार्यरत थिए। सरुवा हुने अन्य सहायकरथीहरुमा दामोदर थापा– उपत्यका पृतनामा, रामनाथ …
पुरा पढ्नुहॊस »