समाचार

थापाथलीको प्रसूति अस्पतालबाट बच्चा चोरी

काठमाडौं । काठमाडौंको थापाथलीस्थित परोपकार स्त्री तथा प्रसूति रोग अस्पतालबाट बच्चा चोरेर एक महिला फरार भएकी छन् । शुक्रबार दिउँसो काभ्रे घर भई काठमाडौं बस्दै आएकी एक महिलाको २६ दिने छोरी चोरेर फरार भएकी महिलालाई प्रहरीले खोजिरहेको छ । बच्चा बोकिदिने बाहना गरेर ती महिला बच्चासहित फरार भएकी हुन् । दिउँसो १ बजेतिर खबर पाएको प्रहरीले बच्चा चोरेर भाग्ने महिलाको खोजी गरिरहेको छ ।

पुरा पढ्नुहॊस »

रुसी सेनामा भर्ना भएका २४० नेपालीद्वारा उद्धारको याचना

काठमाडौं । रुसी सेनामा भर्ना भएका २ सय ४० जना नेपालीले उद्धारका लागि निवेदन दिएका छन् । उनीहरूका आफन्तमार्फत परराष्ट्र मन्त्रालयमा निवेदन दिएका हुन् । उजुरी दिएको आधारमा कन्सुलर सेवा विभागले आवश्यक प्रक्रिया अगाडि बढाएको छ । रुसी सेनामा कार्यरत ४५ जना नेपाली स्वदेश फर्किसकेका छन् । रुसी सेनामा कार्यरत १३ जना नेपालीको मृत्यु भइसकेको छ । रुसले मृत्यु भएका नेपालीका परिवारलाई क्षतिपूर्ति दिन तयार भएको छ ।

पुरा पढ्नुहॊस »

घुस लिएको आरोप लागेका वरिष्ठ हवल्दार सिंह दोषी ठहर

काठमाडौं । सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिएको आरोप लागेका बुढानिलकण्ठ प्रहरी प्रभागका वरिष्ठ हवल्दार विनोद सिंह दोषी ठहर भएका छन् । विशेष अदालतले शुक्रबार सिंहलाई दोषी ठहर गर्दै एक लाख रुपैयाँ जरिवाना र ५ महिना कैद हुने सजाय सुनाएको छ । ढल सरसफाइ तथा निकास गर्दा निस्किएको बालुवा व्यवस्थापन गर्न सहजीकरण गरिदिएबापत सेवाग्राहीसँग घुस लिएको आरोप उनीविरुद्ध लागेको थियो ।

पुरा पढ्नुहॊस »

महिलाका अन्तरंग भिडिओ सार्वजनिक गर्ने युवक काठमाडौँबाट पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमार्फत् महिलाको चरित्रहत्या गरेको अभियोगमा प्रहरीले काठमाडौँबाट एक जनालाई पक्राउ गरेको छ। नुवाकोट शिवपुरी गाउँपालिका-४ का २७ वर्षीय किरण थापालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । अभियुक्तले ती महिलासँग सुसम्बन्ध रहेका बेला खिचिएका अन्तरङ्ग तस्बिर र भिडियो निजसँग सम्बन्ध बिग्रिएपछि सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरबाट महिलाका परिवारलाई पठाएर चरित्रहत्या गरेको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ । प्रहरी प्रधान कार्यालय साइबर ब्युरोको टोलीले गरेको अनुसन्धान तथा प्राविधिक विश्लेषणबाट अभियुक्तले …

पुरा पढ्नुहॊस »

पसलमा बसिरहेका बेला लरी पल्टिँदा तीन बालबालिकाको मृत्यु

काठमाडौं । मोरङको बूढीगंगा गाउँपालिका ४ प्रगती टोलमा मालबहाक ट्रक (लहरी गाडी) किराना पसलमा पल्टिँदा किचिएर ३ जनाको मृत्यु भएको छ । एक घाइते भएका छन् । मृतक मध्ये दुई जना एकै परिवारका हुन् । शुक्रबार आर जे २९ जीबी १५६१ भारतीय नम्बर प्लेटको लहरी प्रगती टोलमा पल्टिएको थियो । लहरीमा लोड गरिएको मार्बल ढुंगाले किचिएर बूढीगंगा गाउँपालिका ४ का ज्योती अधिकारीकी ४ वर्षीया छोरी इसिता अधिकारी, छोरा निशान्त अधिकारी …

पुरा पढ्नुहॊस »

अवैध बाटोबाट अमेरिका पुगेका ८ नेपाली स्वदेश फिर्ता

काठमाडौँ । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल फिर्ता पठाएको छ । अमेरिकाले उनीहरूलाई चार्टर उडानबाट काठमाडौँ फिर्ता पठाएको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिए । ‘अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ नेपालीलाई अमेरिकाले रिपोर्ट गरी बिहीबार काठमाडौँ फिर्ता पठाएको छ’, उनले भने, ‘हिजो उनीहरू आफन्त कहाँ गएर बसेका थिए । आज उनीहरूलाई हामीले सम्पर्कमा बोलाएका …

पुरा पढ्नुहॊस »

प्रतिपक्षीको अवरोधपछि संसद् बैठक स्थगित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले र प्रतिपक्षी दल राप्रपाको अवरोधपछि प्रतिनिधिसभाको शुक्रबारको बैठक केहीबेरका लागि स्थगित भएको छ । बैठक सुरु भए लगत्तै एमाले र राप्रपाका विवादित मन्त्रीहरुको राजीनामा लगायतका विषयमा प्रश्न उठाएको थियो । कांग्रेस सांसद राजेन्द्र केसीले प्रतिपक्षले नियतवस गणपुरक संख्या पु¥याउन नदिन बैठक छोडेको भन्दै कुरा उठाउपछि सुरुमै एमाले सांसदहरुले आपत्ति जनाएका थिए । त्यसपछि बोल्ने क्रममा एमाले सांसद योगेशकुमार भट्टराईले विवादित मन्त्रीहरुको राजीनामा पनि मागे …

पुरा पढ्नुहॊस »

एमालेको मागमा थपियो प्रधानमन्त्रीको जवाफ

काठमाडौं । नेकपा एमालेले संसद्मा राखेका तीन मागलाई यथावत् राख्दै अर्को अघि सारेको छ । जारी प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले सचिव योगेश भट्टराईले प्रधानमन्त्रीको जवाफ माग गरेका हुन् । उनले बालकुमारी घटनाको छानबिन आयोगले सरकारलाई बुझाएको प्रतिवेदन संसद्‌मा बुझाउन माग गरे । ‘आयोगले बुझाएको प्रतिवेदनमा के छ ? अहिले संसद चलिरहेको संसदमा आउनुपर्‍यो,’ उनले भने, ‘यो कुरा प्रधानमन्त्रीले बताउनुपर्छ ।’ भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको कारणले घटना भएको प्रतिवेदनमा …

पुरा पढ्नुहॊस »

लुक्ला उडेको हेलिकोप्टर काठमाडौं फिर्ता

काठमाडौँ । काठमाडौंबाट लुक्ला उडेको एयर डाइनेष्टीको हेलिकोप्टरमा प्राविधिक समस्या देखिएपछि नौं मिनेटमै काठमाडौँ फिर्ता भएको छ । नाइन एन एजेडी कलसाइनको हेलिकोप्टर काठमाडौंबाट ८ः१४ बजे लुक्लाका लागि उडेको थियो । तर, उडेको ९ मिनेटमै अर्थात् ८ः२३ मिनेटमै हेलिकोप्टर काठमाडौंमा ल्याण्ड गरेको हो । हेलिकप्टरमा कस्तो प्राविधिक समस्या देखिएको थियो भन्ने बारे खुलाइएको छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार समस्या देखिएको हेलिकप्टरको प्राविधिक जाँच पनि पुनः लुक्ला उडान भरिसकेको छ …

पुरा पढ्नुहॊस »

दशगजा नजिक नेपाली युवक मृत फेला

काठमाडौं । सर्लाही सदरमुकाम मलङ्गवामा नेपाल-भारत सीमा (दशगजा) नजिक एक युवक मृत फेला परेका छन् । मलङ्गवा नगरपालिका-९, स्थित सीमा क्षेत्र नजिक सोही ठाउँका ३० वर्षीय सहमद साफी मृत अवस्थामा फेला परेका हुन् । साफीको शरीरमा कुनै चोटपटक नदेखिएको र मुखबाट अत्यधिक फिँज काडि रहेकाले धेरै मात्रामा लागु औषध सेवन गर्दा उनको मृत्यु भएको आशङ्का गरिएको छ । मृतक युवकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखी घटनाको अनुसन्धान जारी …

पुरा पढ्नुहॊस »
This Ad will close automatically in seconds