समाचार

आफ्ना मन्त्री ‘निशाना’मा परेपछि नेकपा एसले भन्यो- बालकुमारी घटनाको प्रतिवेदन सार्वजनिक गरियोस्

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को सचिवालय बैठकले सरकारसँग बालकुमारी घटना जाँचबुझ आयोगको प्रतिवेदन अविलम्ब सार्वजनिक गर्न माग गरेको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकमा प्रतिवेदनको थप अध्ययनपछि भौतिक योजना तथा निर्माणमन्त्री प्रकाश ज्वालालाई वा पार्टीलाई नै सरकारबाट फिर्ता बोलाउने विषयमा पार्टीले निर्णय लिने समझदारी भएको केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । गत पुस १३ गते बालकुमारी घटनामा दुई युवकको मृत्यु भएको …

पुरा पढ्नुहॊस »

चन्दा उठाएर तीन महिनापछि नेपाल पठाइयो शव

काठमाडौं । इराकमा मृत्यु भएका मोरङ बयरबन–९ घर भएका चन्द्रबहादुर बस्नेतको शव आर्थिक संकलन गरेर नेपाल पठाइएको छ । केही वर्षदेखि रोजगारीका क्रममा कुर्दिस्तान इराकको अर्बिल सहरमा पुगेका बस्नेतको गत ३ डिसेम्बरका असामयिक निधन भएको थियो । त्यसपछि शव व्यवस्थापनका लागि अन्योल खडा भएको थियो । श्रम स्वीकृति नहुँदा शव पठाउन झन्झटिलो र बढी खर्च हुने भएपछि शव अलपत्र अवस्थामा परेको थियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) इराकले उनको शव …

पुरा पढ्नुहॊस »

यस्तो छ आजको संसद् बैठकको कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक संघीय संसद भवन, नयाँ बानेश्वरमा बिहान ११ बजेपछि बस्ने गरी बोलाइएको हो । बैठकमा हिजो प्रस्तुत हुन नसकेको विधेयक प्रस्तुत हुने कार्यसूची छ ।  बैठक सञ्चालनका लागि आवाश्यक संख्या नपुगे पछि बैठक आजसम्मका लागि स्थगित भएको हो ।

पुरा पढ्नुहॊस »

आज बदली, वर्षा र हिमपात (तीन दिनको पूर्वानुमान)

काठमाडौं । देशका केही भू-भागमा आज वर्षाको सम्भावना रहेको छ । पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावका कारण वर्षाको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कोसी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ । बाँकी भू-भागमा मौसम मुख्यतया सफा छ । विभागका अनुसार दिउँसो कोसी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । वाग्मती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ …

पुरा पढ्नुहॊस »

कांग्रेस नेताहरू भन्छन्- कांग्रेसलाई जनताको भावनासँग जोड्न हिन्दुराष्ट्रको प्रस्ताव (भिडियोसहित)

काठमाडौं । कांग्रेसको जारी महासमितिमा धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन हिन्दुराष्ट्र नेपाल निर्माणसम्बन्धी प्रस्ताव पेस भएको छ । फाल्गुन ७ गते देखि ललितपुरको गोदावरीमा सुरु भएको नेपाली काँग्रेसको महासमिति बैठकमा महासमिति सदस्यहरूले सो हस्ताक्षर अभियान चलाएका थिए । सनातन हिन्दुराष्ट नेपाल स्थापना महाअभियानले शुरु गरेको हस्ताक्षर संकलन अभियानमा उपस्थित १ हजार ९ सय १५ जना महासमिति सदस्यहरू मध्ये १ हजार ६१ जनाले र १ हजार पाँच सय पार्टी सदस्यहरूले हस्ताक्षर गरेका छन् ।

पुरा पढ्नुहॊस »

सुर्खेतबाट काठमाडौं आएको जहाज भैरहवामा, मुम्बईबाट आएको जहाज लखनऊतिर

काठमाडौं । सुर्खेतबाट काठमाडौं उडेको जहाजले मौसम गडबडी भएपछि फर्किएर भैरहवामा अवतरण गरेको छ । सुर्खेतबाट ३ बजे उडेको बुद्ध एयरको उडान नम्बर U4136 काे कल साइन 9 N-AMY जहाज भैरहवा अवतरण भएको हो । यस्तै अपराह्न भारतको मुम्बईबाट काठमाडौं आएको इन्डिगो एयरलाइन्सको जहाज काठमाडौं अवतरण गर्न नसकेपछि भारतको लखनऊ डाइभर्ट भएको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए । काठमाडौंको प्रतिकूल मौसमका कारण काठमाडौंबाट हुने डोमेस्टिक तथा अन्तर्राष्ट्रिय उडानहरू प्रभावित …

पुरा पढ्नुहॊस »

हिन्दूराष्ट्रको पक्षमा १ हजार ६३ महासमिति सदस्य, देउवालाई बुझाइयो हस्ताक्षर

काठमाडाैं स नेपाली कांग्रेसका १ हजार ६३ महासमिति सदस्यले हिन्दूराष्ट्रको पक्षमा हस्ताक्षर गरेका छन् । ३९ केन्द्रीय सदस्यसहित १ हजार ६३ जनाको हस्ताक्षर बिहीवार पार्टी सभापति शेरबहादुर देउवालाई बुझाइएको छ । पाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले हिन्दु राष्ट्रका लागि गरेको हस्ताक्षर सभापति देउवालाई बुझाएका हुन् । फागुन ७ गतेदेखि सुरू भएको महासमिति बैठक आज समापन गर्ने तयारी छ ।

पुरा पढ्नुहॊस »

हडपिएका र गैरकानुनी भोगचलन भएका जग्गाको विवरण पठाउन ७७ वटै प्रशासनलाई निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले देशभर हडपिएका र कानुन विपरीत भोगचलन भइरहेका सरकारी तथा सार्वजनिक जग्गा विस्तृत विवरण पठाउन ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । मन्त्रालयले बुधबार सबै प्रशासन कार्यालयहरूलाई परिपत्र गर्दै सरकारी जग्गा हानी नोक्सानी गर्ने र कानुन विपरीत प्रयोजनमा भोगचलन गर्नेमाथि कार्बाहीका लागि विवरण संकलन गरेर पठाउने भनेको छ। यस्तै जग्गा हिनामिना गर्नलाई कार्बाहीको दायरामा ल्याउनका लागि सम्बन्धित निकायसँग समेत आवश्यक समन्वय गर्न गृहले प्रशासनलाई निर्देशन …

पुरा पढ्नुहॊस »

त्रिविको उपकुलपतिमा केशरजङ्ग बराल नियुक्त

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा.केशरजङ्ग बराल नियुक्त भएका छन् । विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज त्रिविको रिक्त उपकुलपति पदमा बराललाई नियुक्त गरेका उनको सचिवालयले जनाएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई नेतृत्वमा रहेको उपकुलपति छनोट तथा सिफारिस समितिले बरालसहित चित्रबहादुर बुढाथोकी र टङ्कनाथ धमलाको नाम सिफारिस गरेको थियो । उपकुलपति पदका लागि दरखास्त दिएका ४३ मध्ये प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि १४ जना छानिएकामा प्रस्तुतीकरण …

पुरा पढ्नुहॊस »

दुर्घटनामा प्रहरी हवल्दार खड्काको मृत्यु

काठमाडाैं । मोटरसाइकल दुर्घटनामा प्रहरी हवल्दार लेखबहादुर खड्काको मृत्यु भएको छ । प्रहरी वृत्त बानेश्वर दरबन्दी भई हाल प्रहरी बिट कृष्ण मन्दिरमा कार्यरत हवल्दार खड्काको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको हो । मंगलबार बेलुकी ड्युटीको लागि जाँदै गर्दा उनले चलाएको बा ९९प २८८४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो । टाउकोमा गम्भीर चोट लागेका उनको नेपाल प्रहरी अस्पतालमा उपचार भइरहेकोमा थप उपचारको लागि बाँसबारी ब्युरो अस्पताल लगिएको थियो । उपचारको …

पुरा पढ्नुहॊस »
This Ad will close automatically in seconds