समाचार

शालीनदीमा श्रद्धालु र व्रतालुको घुइँचो (तस्बिर/भिडियोसहित)

काठमाडौँ । बिहानैदेखि स्वस्थानी व्रत समापन गर्न साँखुको शालीनदीमा श्रद्धालु र ब्रतालुको भीड लागेको छ । हरेक वर्ष पौष शुक्ल पूर्णिमामा सुरु गरी माघ शुक्ल पूर्णिमासम्म श्रीस्वस्थानीको व्रत बस्ने, पूजा गर्ने र कथा सुन्ने परम्परा छ । माघ शुक्ल पूर्णिमाका दिन दीप-कलश-गणेशको पूजा गरी अष्ट दलमा अष्टमातृकासहित श्रीस्वस्थानी देवीको विशेष पूजा-अर्चना गरिन्छ ।

पुरा पढ्नुहॊस »

टिकटकबारे प्राधिकरणको अर्को सूचना- अझै पहुँचमा छ भने जानकारी गराउनू

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अझैपनि टिकटकमा पहुँच पुगिरहेको भए जानकारी गराउन आग्रह गरेको छ । प्राधिकरणले शनिबार सूचना प्रकाशित गरेर सो आग्रह गरेको हो । नेपालमा टिकटकको प्रयोगमा तत्काल रोक लगाउने सरकारको निर्णय कार्यान्वयनका लागि प्राधिकरणले सबै इन्टरनेट सेवा प्रदायकहरूलाई निर्देशन दिइसकेको भएपनि अझै केही सेवा प्रदायकहरूको नेटवर्कमा टिकटकको पहुँच पुगिरहेको पाइएकाले त्यस्ता सेवा प्रदायक कम्पनीहरूबारे जानकारी दिन भनेको छ । सरकारको निर्णय कार्यान्वयन नगर्ने केही इन्टरनेट तथा मोबाइल …

पुरा पढ्नुहॊस »

थाहा पाउनुहोस् तीन दिनको मौसम पूर्वानुमान

काठमाडौं । देशका केही भू-भागमा आज वर्षाको सम्भावना छ । केही दिनयता केही प्रदेशमा छिटपुटदेखि हल्का वर्षा भएको छ । पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहँदा बिहान पहाडी भू-भागमा आंशिक बदली रहेको छ । बाँकी भू-भागमा मौसम मुख्यतया सफा छ । मौसमविद् गोविन्द झाका अनुसार काठमाडौंमा आज बिहान पौने ६ बजेको न्यूनतम तापक्रम ४.४ डिग्री सेल्सियस रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम …

पुरा पढ्नुहॊस »

थापाथलीको प्रसूति अस्पतालबाट चोरी भएको ‘शिशु’ काँडाघारीमा भेटियो

काठमाडौं । काठमाडौंको थापाथलीस्थित प्रसूति तथा स्त्रीरोग अस्पतालको कम्पाउन्डबाट चोरिएकी बालिका फेला परेकी छन् । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले २६ दिने बालिकालाई काठमाडौँको काँडाघारीबाट शुक्रबार राति ११ः४५ बजेतिर उद्धार गरेको हो । बच्चा चोरीमा संलग्न आरोपमा दुई जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । बच्चा चोर्ने महिला र उनकी दिदीलाई पनि प्रहरीले नियन्त्रणमा लिइएको छ । घटनाबारे प्रहरीले प्रेस विज्ञप्ति सार्वजनिक गर्ने तयारी गरिरहेको छ । काँडाघारीस्थित डेराबाट दुई …

पुरा पढ्नुहॊस »

यस वर्षको स्वस्थानी व्रत आज समापन गरिँदै

पौष शुक्ल पूर्णिमाका दिनबाट सुरु भएको श्री स्वस्थानी माताको महीमा वर्णन गर्ने कथाहरूको वाचन आज विधिवत् समापन हुँदै छ । आजबाट श्री स्वस्थानी परमेश्वरीको पुस्तकलाई वर्ष दिन कालागि विसर्जन गरिन्छ । श्री स्वस्थानी व्रत कथाको संक्षिप्त साङ्गे विधि हिउँदको जाडोमा न्यानो भएर परिवारका सदस्यहरू एक ठाउँमा भेला भई बडो श्रद्धापूर्वक यी कथाका अध्यायहरू वाचन गरिन्छ, पौष शुक्ल पूर्णिमामा सुरु भएको यो व्रत कथाका ३१ अध्यायहरू अर्को महिना माघ शुक्ल पूर्णिमाका …

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज भाग्यले साथ दिनेछ । समाजसेवामा मन लाग्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ, तर स्वास्थ्यको ख्याल गर्नु पर्छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

प्रसूति गृहबाटै मास्क लगाएकी महिलाले यसरी चोरेकी थिइन् २६ दिनको बच्चा

काठमाडौं । कालो मास्क, राताम्मे कपडा र रातै सलको घुम्टो ओडेर एक हातमा पहेँलो ‘ब्याग’ बोकेकी एक महिलाले थापाथलीस्थित प्रसूति गृहबाट बच्चा लगेर गएको सिसिटिभी फुटेजमा देखिएको छ । अस्पताल परिसरबाट प्रहरीले संकलन गरेको सिसिटिभी फुटेजमा आफ्नो पहिचान लुकाएकी ती महिलाले आकाशे रङ्गको कपडामा बेरेको बच्चा बोकेर गएको देखिएको छ । काठमाडौँको थापाथलीस्थित प्रसूति गृहबाट शुक्रबार दिउँसो एक बच्चा चोरी भएको हो । प्रहरीका अनुसार थापाथलीस्थित प्रसूति गृह अस्पतालको कम्पाउण्डबाट …

पुरा पढ्नुहॊस »

अवैध कल बाइपासमा संलग्न दुई जना पोखराबाट पक्राउ

काठमाडौं । गैरकानुनी रुपमा अन्तर्राष्ट्रिय आगमन कल बाइपास (भीओआईपी) सञ्चालन गरिरहेको अवस्थामा प्रहरीले दुई जनालाई पोखराबाट पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले पोखरा महानगपालिका–११ सिद्धेश्वर मार्गस्थित विशाल गौतमको तीन तले घरबाट कल बाइपासमा संलग्न दुई जनालाई पक्राउ गरेको हो । सीआईबीले जिल्ला प्रहरी कार्यालय पोखराको टोलीसँग मिलेर विशाल साह कलवारले भाडामा लिएर १२८ पोर्ट क्षमताको डिभाइसमा सिमकार्ड प्रयोग गरी कल बाइपास गरिरहेको अवस्थामा शुक्रबार उनीहरूलाई पक्राउ …

पुरा पढ्नुहॊस »

त्रिविका उपकुलपति बरालले गरे पदभार ग्रहण

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति केशरजंग बरालले पदभार ग्रहण गरेका छन् । किर्तिपुरस्थित उपकुलपति कार्यालय पुगेर बरालले आज पदभार ग्रहरण गरेका हुन् । उनलाई निमित्त उपकुलपति शिवलाल भुसालले पदभार ग्रहण गराए । बराललाई बिहीबार प्रधानमन्त्री तथा त्रिविका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नियुक्त गरेका थिए । शिक्षा मन्त्रालयले गठन गरेको सिफारिस समितिको सिफारिस अनुसार बराल उपकुलपति नियुक्त भएका हुन् ।

पुरा पढ्नुहॊस »

अभिनेत्री रेखा थापा बनिन् आमा, छोरीको नाम ‘वैभबी राज्यलक्ष्मी शाही ठकुरी’

काठमाडौं । नेपालकी चर्चित अभिनेत्री रेखा थापा आमा बनेकी छिन् । उनले छोरीलाई जन्म दिएको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएकी छन् । उनले छोरीको नाम वैभबी राज्यलक्ष्मी शाही ठकुरी राखिएको पनि जानकारी दिएकी छन् । केही समयअघि मात्र रेखा श्रीमानसहित अमेरिका पुगेकी थिइन् । अमेरिकाको कोलोराडो स्प्रिंग्सस्थित अस्पतालमा थापाले छोरीलाई जन्म दिएकी हुन् ।

पुरा पढ्नुहॊस »
This Ad will close automatically in seconds