एमालेको मागमा थपियो प्रधानमन्त्रीको जवाफ

काठमाडौं । नेकपा एमालेले संसद्मा राखेका तीन मागलाई यथावत् राख्दै अर्को अघि सारेको छ । जारी प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले सचिव योगेश भट्टराईले प्रधानमन्त्रीको जवाफ माग गरेका हुन् ।

उनले बालकुमारी घटनाको छानबिन आयोगले सरकारलाई बुझाएको प्रतिवेदन संसद्‌मा बुझाउन माग गरे । ‘आयोगले बुझाएको प्रतिवेदनमा के छ ? अहिले संसद चलिरहेको संसदमा आउनुपर्‍यो,’ उनले भने, ‘यो कुरा प्रधानमन्त्रीले बताउनुपर्छ ।’

भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको कारणले घटना भएको प्रतिवेदनमा उल्लेख भइसकेपछि पनि झण्डा हल्लाएर हिँड्न नमिल्ने बताएका उनले टेरामक्स प्रकरणमा स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेत र लुम्बिनीको जग्गा लिजमा दिएको प्रकरणमा पर्यटन मन्त्री सुदन किराँतीको राजीनामा माग गरेका हुन् ।

बिहीबारको संसद् बैठकमा पनि एमालेले अख्तियारले बयान लिएका स्वास्थ्यमन्त्री मोहन बस्नेत, बालकुमारी हत्याकाण्डका दोषी भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला र लुम्बिनीको जग्गा घरबेटीलाई दिने काण्डका पर्यटनमन्त्री सुदन किराँतीको राजीनामा माग गरेको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री