काठमाडौं । रुसी सेनामा भर्ना भएका २ सय ४० जना नेपालीले उद्धारका लागि निवेदन दिएका छन् । उनीहरूका आफन्तमार्फत परराष्ट्र मन्त्रालयमा निवेदन दिएका हुन् ।
उजुरी दिएको आधारमा कन्सुलर सेवा विभागले आवश्यक प्रक्रिया अगाडि बढाएको छ । रुसी सेनामा कार्यरत ४५ जना नेपाली स्वदेश फर्किसकेका छन् । रुसी सेनामा कार्यरत १३ जना नेपालीको मृत्यु भइसकेको छ ।
रुसले मृत्यु भएका नेपालीका परिवारलाई क्षतिपूर्ति दिन तयार भएको छ ।
प्रतिकृया दिनुहॊस