समाचार

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

इनाम र प्रतिष्ठा कमाउने वेला छ । घरमा अतिथिको आगमन हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ, तर यात्राको क्रममा सचेत रहनु पर्छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

कृष्ण कँडेलविरूद्ध यौन दुर्व्यवहारको दर्ता

काठमाडौं । इन्द्रेणी कार्यक्रमका सञ्चालक तथा गायक कृष्ण कँडेलविरूद्ध यौन दुर्व्यवहारको मुद्दा दायर भएको छ । काठमाडौं जिल्ला अदालतमा आइतबार कँडेलविरूद्ध एक महिलाले मुद्दा दर्ता गरेको सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिए । पीडित महिलाले कँडेलविरूद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २२४ अनुसार कारबाहीको मागसहित मुद्दा दर्ता गरेकी हुन् । उक्त दफामा यौन दुर्व्यवहार गर्न नहुने कसुर उल्लेख छ । कसैमाथि यौन दुर्व्यवहार गरेमा तीन वर्षसम्म कैद र ३० …

पुरा पढ्नुहॊस »

यस्ता छन् आगामी बजेटका प्राथमिकता (पूर्णपाठ)

काठमाडौं । प्रतिनिधिसभामा आर्थिक वर्ष २०८१/८२ को ‘बजेटका सिद्धान्त र प्राथमिकता’ पेश भएको छ । सोमबारको बैठकमा अर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी वर्षका बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका हुन् । बजेटमा जलविद्युत, पूर्वाधार, पर्यटन र सूचना प्रविधिको विकास, कृषिको आधुनिकीकरण तथा व्यावसायिकरण, निजी क्षेत्रको प्रवर्धनलाई प्राथमिकतामा राखेर बजेट ल्याउने भएको सरकारको तयारी छ ।

पुरा पढ्नुहॊस »

भजनशिरोमणि भक्तराज आचार्यको निधन

काठमाडौं । भजनशिरोमणि गायक, संगीतकार भक्तराज आचार्यको निधन भएको छ । सोमबार ८२ वर्षको उमेरमा उनको निधन भएको हो । सोमबार घरमै बसेका बेला एक्कासि अक्सिजनको लेभल घटेपछि अस्पताल लैजाने क्रममा आचार्यको निधन भएको संगीतकार चेतन सापकोटाले जानकारी दिए । अक्सिजन लेभल घटेपछि मेडिसिटी अस्पताल लैजाने क्रममा आचार्यको मृत्यु भएको हो । ०४६ साल मंसिर १९ गतेको एउटा दुर्घटनापछि आचार्यको स्वर र सुर हराएको थियो । उनले करिब ४ सयजति …

पुरा पढ्नुहॊस »

युनाइटेड कलेजद्वारा प्रकाशित वार्षिक पत्रिका ‘लुमिनरी’ विमोचन

काठमाडौं । कुमारीपाटीस्थित युनाइटेड कलेजले वार्षिक पत्रिका ‘लुमिनरी’ को विमोचन गरेको छ। आइतबार बिहान कलेजको सभाहलमा आयोजित एक औपचारिक कार्यक्रमकाबीच लुमिनरीको पहिलो संस्करणको विमोचन गरिएको हो। युनाइटेड कलेजका संस्थापक अध्यक्ष ड्रिप चाम्लिङ, संस्थापक निर्देशक नरहाङ राई, त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायकी डिन कुसुम शाक्य, त्रिविका प्राध्यापक बाबुराम तिम्सिना र युनाइटेड कलेजका प्रधानाध्यापक डा. लाल रापचाले संयुक्त रूपमा ‘लुमिनरी’ को विमोचन गरेका हुन्। कार्यक्रममा आइडिया स्टुडियो नेपालका संस्थापक डा …

पुरा पढ्नुहॊस »

१० वर्षदेखि डलर देखाएर ठगी

काठमाडौं । एक गिरोहले १० वर्षदेखि डलर देखाएर ठगी गर्ने गरेको पाइएको छ । नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनीहरुले बाहिर डलर राख्ने र भित्र सोही आकारका कागज राखेर डलर साट्ने भनी नेपाली रुपैयाँ लिएर लाखौँ ठगेको पाइएको छ । सिन्धुपाल्चोकका रामबहादुर तामाङ, सोही जिल्ला घर भई काठमाडौँको गोकर्णेश्वर बस्ने विवी तामाङ र रौतहट चन्द्रपुर घर भई काठमाडौँ बस्ने फरेन एक्सचेन्ज सेन्टरका सञ्चालक शङ्कर रेग्मीको मिलेमतोमा वर्षौँदेखि …

पुरा पढ्नुहॊस »

अध्यागमन विधेयक राष्ट्रिय सभाबाट फिर्ता

काठमाडौँ । राष्ट्रिय सभामा विचाराधीन अध्यागमन विधेयक फिर्ता भएको छ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले पेस गरेको ‘अध्यागमन विधेयक २०७६ फिर्ता गरियोस्’ भन्ने प्रस्ताव राष्ट्रिय सभाबाट बहुमतले स्वीकृत भएसँगै विधेयक फिर्ता भएको हो । उनले जतिसक्दो चाँडो अर्को विधेयक ल्याउने भएकाले अध्यागमन विधेयक २०७६ फिर्ता लिइएको बताए ।

पुरा पढ्नुहॊस »

ग्यारेजमा भएको विष्फोटका घाइतेमध्ये सञ्चालकको मृत्यु

काठमाडौं । निजगढस्थित गाडी मर्मत गर्ने ग्यारेजमा सोमबार विष्फोट हुँदा घाईते भएका पाँच जनामध्ये एकको मृत्यु भएको छ । मृत्यु हुनेमा ग्यारेज सञ्चालक ४५ वर्षीय रेशम मगर रहेका छन् । निजगढ नगरपालिका-७ स्थित रोहित वर्कशपका सञ्चालक मगर विष्फोटमा परी गम्भीर घाइते भएका थिए । मगरको उपचारका क्रममा मृत्यु भएको बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए । घटनामा दुई भारतीय नागरिकसहित अन्य चार जना घाइते भएका छन् । घाइतेमध्ये तीन …

पुरा पढ्नुहॊस »

ठगी गरेको आरोपमा वडाअध्यक्ष पक्राउ

काठमाडौं । ठगी आरोप लागेका पोखरा महानगरपालिका वडा नम्बर २१ का वडाअध्यक्ष दीपक प्रसाद सुवेदी पक्राउ परेका छन् । ठगी सम्बन्धी कसूर मुद्दामा फरार रहेका ४१ वर्षका सुवेदीलाई पोखरा–६ बैदामबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीविरुद्ध कास्की जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जनाइएको छ।

पुरा पढ्नुहॊस »

उपनिर्वाचनको तालिका सार्वजनिक

काठमाडौँ । निर्वाचन आयोगले इलाम र बझाङमा हुने उपनिर्वाचनको निर्वाचन तालिका सार्वजनिक गरेको छ । आयोगले वैशाख १५ गते इलाम-२ मा प्रतिनिधि सभा र बझाङ जिल्लाको प्रतिनिधि सभाको १ (क) मा प्रदेश सभाको उपनिर्वाचनको तालिका सार्वजनिक गरेको हो । आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार फागुन १६ गतेदेखि मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गरी २०८० चैत्र २२ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ । सो उपनिर्वाचनमा भाग लिन चाहने राजनीतिक …

पुरा पढ्नुहॊस »