युनाइटेड कलेजद्वारा प्रकाशित वार्षिक पत्रिका ‘लुमिनरी’ विमोचन

काठमाडौं । कुमारीपाटीस्थित युनाइटेड कलेजले वार्षिक पत्रिका ‘लुमिनरी’ को विमोचन गरेको छ। आइतबार बिहान कलेजको सभाहलमा आयोजित एक औपचारिक कार्यक्रमकाबीच लुमिनरीको पहिलो संस्करणको विमोचन गरिएको हो।

युनाइटेड कलेजका संस्थापक अध्यक्ष ड्रिप चाम्लिङ, संस्थापक निर्देशक नरहाङ राई, त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायकी डिन कुसुम शाक्य, त्रिविका प्राध्यापक बाबुराम तिम्सिना र युनाइटेड कलेजका प्रधानाध्यापक डा. लाल रापचाले संयुक्त रूपमा ‘लुमिनरी’ को विमोचन गरेका हुन्।

कार्यक्रममा आइडिया स्टुडियो नेपालका संस्थापक डा छिरिङ लामा सहित अन्य आमन्त्रित व्यक्तित्वहरू अतिथिका रूपमा रहेका थिए भने कलेजमा अध्ययनरत विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रम सञ्चालन २० वर्ष अघि युनाइटेड कलेजबाट आफ्नो अध्ययन पूरा गरेकी कलेज एल्मुनाई सोफिया महर्जनले गरेकी थिइन्।

विमोचित कृति माथि टिप्पणी गर्दै त्रिभुवन विश्वविद्यालयका प्राध्यापक बाबुराम तिम्सिनाले युनाइटेड कलेजले ऐतिहासिक काम गरेको बताए।

आफूले पत्रिकामा समावेश गरिएका सबै जसो रचनाहरू पढेको उल्लेख गरेका उनले लुमिनरी नाम आफैँमा महत्त्वपूर्ण भएको र यसले उपयुक्त सन्देश दिएको बताए। सुरुवात देखिनै युनाइटेडले शिक्षामा गरेको योगदानको प्रतिनिधित्व पत्रिकाले गरेको बताएका उनले स्केच भएको कभरले सिर्जनात्मक क्षमता प्रस्तुत गरेको धारणा राखे।

कार्यक्रमकी प्रमुख अतिथि समेत रहेकी डिन शाक्यले बिहानै यति सुन्दर पत्रिका विमोचन गर्न पाएकाले दिनको सुरुवात राम्रो भएको धारणा राखिन्। युनाइटेड कलेजका प्रधानाध्यापक डा. रापचाले लुमिनरी भनेको सम्झना भएको हुँदा यो पत्रिकाले सबैलाई युनाइटेड कलेजको सम्झना गराउने धारणा राखे। उनले अब हरेक वर्ष यसको नयाँ संस्करण प्रकाशित हुने प्रतिबद्धता जनाए।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस