कृष्ण कँडेलविरूद्ध यौन दुर्व्यवहारको दर्ता

काठमाडौं । इन्द्रेणी कार्यक्रमका सञ्चालक तथा गायक कृष्ण कँडेलविरूद्ध यौन दुर्व्यवहारको मुद्दा दायर भएको छ ।

काठमाडौं जिल्ला अदालतमा आइतबार कँडेलविरूद्ध एक महिलाले मुद्दा दर्ता गरेको सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिए । पीडित महिलाले कँडेलविरूद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २२४ अनुसार कारबाहीको मागसहित मुद्दा दर्ता गरेकी हुन् ।

उक्त दफामा यौन दुर्व्यवहार गर्न नहुने कसुर उल्लेख छ । कसैमाथि यौन दुर्व्यवहार गरेमा तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने उल्लेख छ । यसमा हदैसम्मको कारबाही गरी क्षतिपूर्ति समेत दिलाउन माग गरेको छ ।

पछिल्लो समय पीडित महिलाले सामाजिक सञ्जालमार्फत् आफूलाई कँडेलले यौन दुर्व्यवहार गरेको भन्दै सार्वजनिक गरेकी थिइन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस