समाचार

कञ्चनपुरमा दुई दिनदेखि हराइरहेका युवक मृत फेला, हत्याको आशंका

काठमाडौं ।  कञ्चनपुरमा नहरमा युवककाे शव भेटिएको छ । मृत भेटिनेमा भीमदत्त नगरपालिका–४ का ३५ वर्षीय चन्द्रबहादुर बिष्ट रहेको छन् । बिष्टको शव भीमदत्त नगरपालिका–४ स्थित महाकाली सिँचाइको मूल नहरमा मंगलबार बिहान भेटिएको प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिए । आइतबार दिउँसो १२ बजेतिर घरबाट निस्किएका बिष्ट हराइरहेका थिए । उनले बोक्ने मोबाइल ‘स्विच अफ’ थियो। उनी फेला नपरेपछि परिवारले खोजबिनका लागि प्रहरीमा उजुरी दिएको थियो। उनको हुलिया सार्वजनिक …

पुरा पढ्नुहॊस »

सिनियर अनमी विष्टलाई उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार

काठमाडौं । दार्चुला अस्पतालमा कार्यरत सिनियर अनमी बबिता विष्टलाई यस वर्षको उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार प्रदान गरिएको छ । मंगलबार स्वास्थ्य सेवा दिवसको अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आयोजना गरेको कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेत र स्वास्थ्य सचिव डा रोशन पोखरेलले विष्टलाई एक लाख नगद पुरस्कार सहित उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार प्रदान गरेका हुन् । बबिता सिनियर अनमी छैटौँ तहमा कार्यरत छन् । अनमी विष्टले एक लाख रुपैयाँ …

पुरा पढ्नुहॊस »

ललितपुरमा पनि दूध पोखे किसानले

काठमाडौं । किसानहरुले ललितपुर जिल्ला प्रशासन कार्यालय अगाडि दूध पोखेर प्रदर्शन गरेका छन् । उत्पादन गरेको दूध बिक्री नभएको र भुक्तानी नपाएको भन्दै ललितपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघको अगुवाइमा किसानका संगठनहरुले मंगलबार दूध पोखेर प्रदर्शन गरेका हुन् । यसअघि काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एक दर्जन बढी किसान संगठनले सरकारसमक्ष १६ बुँदे माग राख्दै आन्दोलित हुने जनाएका थिए । किसानको दुग्धजन्य वस्तु बिक्री नभएको र बिक्री भएको दूधको भुक्तानी समेत …

पुरा पढ्नुहॊस »

भजन शिरोमणि आचार्यप्रति प्रधानमन्त्रीद्वारा श्रद्धाञ्जली अर्पण

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यले दिएको योगदानले गीत–सङ्गीतको क्षेत्रमा लामो समयसम्म उत्प्रेरणा र दिशानिर्देशन गरिरहने बताएका छन् । आज नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठान पुगी आचार्यको पार्थिव शरीर श्रद्धाञ्जलि अर्पण गर्दै प्रधानमन्त्री दाहालले उनको योगदान मुलुकका लागि महत्वपूर्ण रहेको स्मरण गरे । उनले स्व आचार्यको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान गरेका थिए । सो अवसरमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि …

पुरा पढ्नुहॊस »

बारा विस्फोट अपडेट : मृतक संख्या तीन पुग्यो

काठमाडौं । बाराको निजगढस्थित सहिद चोकमा रहेको वर्कसपमा विस्फोट हुँदा मृत्यु हुनेको संख्या ३ पुगेको छ । मंगलबार उपचारका क्रममा थप २ घाइतेको मृत्यु भएको हो । प्रहरीका अनुसार भारत गवई घर हुने ३५ वर्षीय राकेश जयसवाल र वीरगन्ज-९ का २० वर्षीय रीतु रजतको उपचारका क्रममा मृत्यु भएको छ । सोमबार उपचारका क्रममा रोहित वर्कसपका सञ्चालक ४५ वर्षीय रेशम पुलामी मगरको मृत्यु भएको थियो । लेथ ग्यास वेल्डिङ गर्दै गर्दा …

पुरा पढ्नुहॊस »

भारतीय स्कार्पियोमा बाइक ठोक्किँदा दुई युवकको मृत्यु

काठमाडौं । सर्लाहीस्थित पूर्व पश्चिम हुलाकी सडक अन्तर्गत कौडेना गाउँपालिका वडा ३ मा सोमबार राति स्कारपियो र मोटरसाइकल एक आपसमा जुध्दा रौतहटका दुईजना युवकको मृत्यु भएको छ । गएराति साढे ८ बजेको समयमा भएको उक्त दुर्घटनामा परेर मोटरसाइकलमा सवार रौतहट माधवनारायण नगरपालिका-६, का २३ वर्षीय शियानन्दन महतो र सोही ठाउँका १९ वर्षीय अजय महतोको मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी दीपेन्द्र पन्जियार थारुले बताएका छन् । दुर्घटनामा घाइते दुवै युवकलाई …

पुरा पढ्नुहॊस »

बारा विस्फोट अपडेट : मृतकको संख्या दुई पुग्यो

काठमाडाैं । बाराको निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा सोमबार भएको विस्फोटमा परी ग्यारेज सञ्चालक ४५ वर्षीय रेशम मगर र भारत घर भएका ३५ वर्षीय राकेश जैसवालको मृत्यु भएको छ । विस्फोटमा घाइते भएका ६ जनामध्ये दुई जनाको उपचारको क्रममा मृत्यु भएको हो । निजगढ नगरपालिका-९ का कवाडी सञ्चालक राज जैसवालले ‘प्रोजोक्टाइल’जस्तै देखिने वस्तुमा भएको तामा निकाल्न ल्याएको र सो क्रममा उक्त वस्तु विस्फोट भएको प्रहरीको भनाइ छ …

पुरा पढ्नुहॊस »

संघीय संसद्का एकैपटक ८ समितिका बैठक

काठमाडौं । संघीय समितिका ८ वटा समितिका बैठक आज बस्दै छन् । संघीय संसद् सचिवालयका अनुसार आजको बैठकमा ८ वटा समितिका बैठक बस्न लागेको हो । जस अनुसार अर्थ समिति, कानून, न्याय तथा मानव अधिकार समिति, महिला तथा सामाजिक मामिला समितिसहित शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै छ । आजै  सार्वजनिक लेखा समिति दिगो विकास तथा सुशासन समिति विधायन व्यवस्थापन समिति राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्न …

पुरा पढ्नुहॊस »

जिल्ला न्यायाधीश खतिवडाविरुद्ध न्याय परिषदमा उजुरी

काठमाडौं । जिल्ला अदालत काठमाडौंका न्यायाधीश विनोद खतिवडाविरुद्ध न्याय परिषद्मा उजुरी दर्ता भएको छ । न्यायाधीश खतिवडाले कस्तुरी विना तस्करीमा संलग्न कोरियाका नागरिक जंग जुन जुनलाई दोषी ठहर गरेर पनि जरिमानामा उन्मुक्ति दिएको भन्दै कारबाहीको माग गर्दै परिषद्मा उजुरी परेको हो । खतिवडाविरुद्ध भ्रष्ट्राचारविरुद्ध साझा मञ्चका अध्यक्ष विश्वनीति प्रकाशमान सिंह पाख्रिनले उजुरी दिएका हुन् । पाख्रिनले न्यायाधीश खतिवडामा कार्यसम्पादन क्षमता तथा खराब आचरण देखिएको भन्दै छानबिन गर्न माग गर्दै परिषद्मा …

पुरा पढ्नुहॊस »

यी प्रदेशमा हुनेछ वर्षा (तीन दिनको मौसम पूर्वानुमान)

काठमाडौं । देशका केही भू-भागमा आज वर्षा र हिमपातको सम्भावना छ । पहाडी भू-भागमा वर्षा र उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहँदा बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । विभागले दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । …

पुरा पढ्नुहॊस »