समाचार

कस्तो छ विष सेवन गरेकी भारती मानन्धरको अवस्था ?

काठमाडौँ । बाँकेकी भारती मानन्धरले विष सेवन गरेकी छन् । मंगलबार विष सेवन गरेकी उनलाई नेपालगञ्जस्थित भेरी अस्पतालमा भर्ना गरिएको हो । भारतीको अवस्था स्थिर रहेको बाँके प्रहरीले जनाएको छ । पहिलो पतिबाट जन्मेको छोरालाई खाजा दिनबाट स्कुलले रोकेपछि भारतीले विष सेवन गरेको प्रहरी नायव उपरीक्षक सुवाससिंह बोहराले जानकारी दिए । भारतीको पक्षमा न्यायका लागि आवाज उठाउँदै आएकी जश्मिन ओझाका अनुसार छोरालाई भेट्न नदिइएपछि तनावमा परेकी उनले विष पिएकी हुन् …

पुरा पढ्नुहॊस »

काठमाडौंका यी स्थानमा एक सातासम्म जानेछ बिजुली

काठमाडौं । आजदेखि फागुन २२ गतेसम्म काठमाडौँका विभिन्न स्थानमा विद्युत् सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणको महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने कार्य भइरहेकाले विद्युत् लाइन अवरुद्ध हुने भएको हो । आज पहिलो दिन बालुवाटार फिडरबाट वितरण भएको विद्युत् सेवा अवरुद्ध हुने प्राधिकरणले जनाएको छ । बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ । ​महाराजगञ्ज मिनिसोदेखि पञ्चकन्या स्कुलसम्मको क्षेत्रमा आज …

पुरा पढ्नुहॊस »

कांग्रेससँगको सहकार्यबारे माओवादी गम्भीर, राष्ट्रियसभा अध्यक्ष नछाड्ने संकेत

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्रमा कांग्रेससँगको सहकार्यबारे सोच्न माग उठेको छ । पार्टी मुख्यालय पेरिस डाँडामा बसेको पार्टीको स्थायी समितिको बैठकमा धारणा राख्ने अधिकांश सदस्यहरूले कांग्रेससँगको सहकार्यबारे सोच्न माग गरेका हुन् । माओवादी केन्द्रमा हालै सकिएको सत्तासाझेदार दल नेपाली कांग्रेसको महासमिति बैठकको समीक्षा भएको हो ।

पुरा पढ्नुहॊस »

मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. देव नियुक्त

काठमाडौं । सरकारले नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. सतिशकुमार देवलाई नियुक्त गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतको प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डा. देवलाई रजिष्ट्रार नियुक्त गर्ने निर्णय गरेको हो । डा. देव करिव एक वर्षअघि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षाध्यक्ष नियुक्त भएका थिए । उनको नियुक्ति बदरको माग गर्दै राष्ट्रिय युवा संघका उपाध्यक्ष अनिल काफ्लेले उच्च अदालत पाटन हेटौंडा इजलासमा रिट निवेदन दर्ता गरेका थिए । …

पुरा पढ्नुहॊस »

नेपालमा मौसमी प्रणालीको प्रभाव कायमै (तीन दिनको पूर्वानुमान)

काठमाडौं । देशका केही भू-भागमा आज हिमपातको सम्भावना छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको हो । पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहँदा आज वर्षाको सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

इनाम र प्रतिष्ठा कमाउने वेला छ । घरमा अतिथिको आगमन हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ, तर यात्राको क्रममा सचेत रहनु पर्छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

शुक्लाफाँटामा पिसाब गर्दा १ हजार जरिवाना !

काठमाडाैं । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र पिसाब गर्नेलाई जरिवाना गरिएको छ । अस्ति निकुञ्जभित्र पिसाब गरेको भन्दै साउद थरका एकसहित २ जनालाई जरिवाना गरिएको हो । निकुञ्ज कार्यालयले उनीहरुबाट ५ सयका दरले एक हजार जरिवाना असुल गरेको थियो । निकुञ्जभित्र जथाभावी शौच गर्न मनाही छ ।

पुरा पढ्नुहॊस »

दूधको भुक्तानी तुरून्तै दिन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दुग्ध विकास संस्थानले दूध खरिद गरेबापत किसानलाई दिनुपर्ने भुक्तानी तुरुन्त दिन निर्देशन दिएका छन् । उनले हिजो बेलुका अर्थमन्त्री डा. प्रकाशशरण महत, कृषि तथा पशुपंक्षी विकास मन्त्री डा. बेदुराम भुसाल र मुख्यसचिव डा. बैकुण्ठ अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाएर किसानको दूधको बाँकी भुक्तानी तत्कालै दिन निर्देशन दिएका हुन् । प्रधानमन्त्रीले निजी क्षेत्रबाट किसानले पाउनुपर्ने भुक्तानी पनि तुरून्त दिन र भुक्तानी नदिए कारबाहीको …

पुरा पढ्नुहॊस »

सुस्त मनस्थितिकी बालिका बलात्कृत, ६३ वर्षीय वृद्ध पक्राउ

काठमाडाैं । रोल्पामा सुस्त मनस्थिति भएकी १७ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा एक वृद्ध पक्राउ परेका छन्। जिल्लाको सुनिलस्मृति गाउँपालिका–१ घोडा गाउँका ६३ वर्षीय शेरे कामी पक्राउ परेका हुन्। घरमा कोही नभएको मौका छोपी ६३ वर्षीय कामीले ती बालिकालाई बलात्कार गरेको जाहेरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रामनारायण गुप्ताले बताए। उजुरीपछि आरोपितलाई पक्राउ गरी जबरजस्ती करणी शीर्षकमा मुद्दा चलाई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।  

पुरा पढ्नुहॊस »

टेरामक्स प्रकरणबारे अख्तियार प्रमुख राई भन्छन्- अनुसन्धान सकियो, अब मुद्दामा जान्छौं

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेम राईले टेरामक्स खरिदमा भएको भ्रष्टाचार प्रकरणको छानबिन अन्तिम चरणमा पुगेको र यसलाई चाँडै निष्कर्षमा पुर्‍याउने बताएका छन् । लेखा समितिको मंगलबारको बैठकमा यसबारे जानकारी दिंदै अख्तियार प्रमुख राईले टेरामक्स प्रकरणमा बयान सकेर प्रमाणको मूल्याङ्कन गर्ने काम भइरहेको र यसलाई चाँडै निष्कर्षमा पुर्‍याएर मुद्दाको चरणमा जाने बताएका हुन् । उनले भने, ‘बयान टुंग्याएका छौं । प्रमाणको मूल्याङ्कन गरिरहेका छौं । चाँडै मुद्दामा जान्छौं …

पुरा पढ्नुहॊस »