सुस्त मनस्थितिकी बालिका बलात्कृत, ६३ वर्षीय वृद्ध पक्राउ

काठमाडाैं । रोल्पामा सुस्त मनस्थिति भएकी १७ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा एक वृद्ध पक्राउ परेका छन्।

जिल्लाको सुनिलस्मृति गाउँपालिका–१ घोडा गाउँका ६३ वर्षीय शेरे कामी पक्राउ परेका हुन्।

घरमा कोही नभएको मौका छोपी ६३ वर्षीय कामीले ती बालिकालाई बलात्कार गरेको जाहेरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रामनारायण गुप्ताले बताए।

उजुरीपछि आरोपितलाई पक्राउ गरी जबरजस्ती करणी शीर्षकमा मुद्दा चलाई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

घाँस काटेँ, गोबर सोहोरेँ तर पढ्न छोडिन : मुख्यसचिव गड्तौला

काठमाडौं – निजामती सेवाको उच्चतम पद मुख्यसचिवमा लीलादेवी गड्तौला बढुवा भएकी छन् । बढुवासँगै उनले मुख्यसचिव …

प्रतिकृया दिनुहॊस