मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. देव नियुक्त

काठमाडौं । सरकारले नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. सतिशकुमार देवलाई नियुक्त गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतको प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डा. देवलाई रजिष्ट्रार नियुक्त गर्ने निर्णय गरेको हो ।

डा. देव करिव एक वर्षअघि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षाध्यक्ष नियुक्त भएका थिए । उनको नियुक्ति बदरको माग गर्दै राष्ट्रिय युवा संघका उपाध्यक्ष अनिल काफ्लेले उच्च अदालत पाटन हेटौंडा इजलासमा रिट निवेदन दर्ता गरेका थिए ।

त्यसपछि देवले नैतिकताका आधारमा राजीनामा दिएका थिए । चिकित्सा अध्ययन संस्थानको सह-प्राध्यापक हुँदा गलत प्रतिवेदन पेश गरी भ्रष्टाचार गरेको अभियोगमा उनीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दासमेत दायर गरेको थियो ।

उनी यसअघि २०७२ सालमा देवदह मेडिकल कलेज सम्बन्धन दिने क्रममा भ्रष्टाचारको आरोपमा मुछिएका थिए । विशेष अदालतमा परेको मुद्दामा उनीसहित १७ जनाले सफाइ पाएका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दुर्गा प्रसाईंसहित तीन जनाविरूद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । विद्युतीय कारोबार ऐनको व्यवस्था उल्लंघनको आरोपमा दुर्गा प्रसाईंसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । काठमाडौं जिल्ला अदालतले प्रसाईंसहित जीवन पाण्डे र दुर्गा खनाललाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो ।

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds