काठमाडौँ । भारतको नयाँदिल्ली स्थित मानवरचना इन्टरनेसनल इन्सटिच्युट अफ रिसर्च एन्ड स्टडिजले नेपाली विद्यार्थीलाई छात्रवृत्ति कोटामा अध्यापन गराउने घोषणा गरेको छ । शुक्रबार काठमाडौँमा मानवरचनाले इन्फोसेसन कार्यक्रमको आयोजना गर्दै नेपाली विद्यार्थीलाई ५० प्रतिशतसम्म छात्रवृत्ति उपलब्ध गराउने र सहुलियत शुल्कमा अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय शिक्षा प्रदान गर्ने घोषणा गरेको हो ।
कार्यक्रममा बोल्दै मानवरचनाकी मार्केटिङ डेपुटी जनरल म्यानेजर अञ्जली बालाचन्दरनले मानवरचना गुणस्तरीय शिक्षामा प्रतिवद्ध रहेको र यसले नेपाली विद्यार्थीलाई छात्रवृत्ति कोटामा अध्यापन गर्ने बताइन् । उनले भनिन्, ‘मानवरचना गुणस्तरीय शिक्षासँगै विद्यार्थीलाई अध्ययन पश्चात रोजगारीको अवसर सृजना गर्न पनि तत्पर छ । विद्यार्थीले यहाँ अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय शिक्षा प्राप्त गर्न सक्छन्। विद्यार्थीलाई उद्यमशिल हुने ढंगबाट विश्वविद्यालयले अध्यापन गराउँछ ।’
यसलाई नेपालमा विगत १३ वर्ष देखि भारतिय शिक्षा प्रवर्द्धनमा केन्द्रित अनुवनि र दक्ष शैक्षिक परामर्शदाताहरू संलग्न भएको संस्था इन्डोग्लोबल फाउन्डेसनले बजार प्रवद्र्धनसँगै शैक्षिक परामर्श सेवा उपलब्ध गराउँदै आएको छ ।
फाउन्डेसनका प्रबन्ध निर्देशक सुदन चौहानले मानवरचना गुणस्तरीय शिक्षा प्रदान गर्न कटिवद्ध रहेको र त्यहाँ अध्ययन गरेका विद्यार्थीले गरेको प्रदर्शनबाट आफू सन्तुष्ट भएको बताए । ‘विद्यार्थीले मानवरचनाबाट गुणस्तरीय शिक्षामात्रै पाएका छैनन् अध्ययन पश्चात आफ्नो क्षेत्रमा अब्बल सावित पनि गरेका छन् । यस संस्थालाई नेपाली विद्यार्थीमाझ सूचना, जानकारीसँगै परामर्श प्रदान गर्ने काम इन्डोग्लोबलले गरेको छ’,उनले भने ।
नेपाली विद्यार्थीलाई अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय शिक्षा उपलब्ध गराउन छिमेकी मुलकमा रहेको मानवरचना विश्वविद्यालयसँग फाउन्डेसनले सहकार्य गरेको र यस विश्वविद्यालयबाट दुई सय भन्दा बढी नेपाली विद्यार्थीहरू लाभान्वित भइसकेको उनको भनाइ छ । मानवरचनाले यसपटक नेपाली विद्यार्थीलाई विशेष छात्रवृत्ति स्वरूप ५० प्रतिशतसम्म छात्रवृत्ति उपलब्ध गराउने निर्णय गरेको र यसको भरपुर फाइदा नेपाली विद्यार्थीले उठाउन सक्ने जनाएको छ । मानवरचना विश्वविद्यालयका संस्थापक शिक्षाविद् डा. ओ पी भल्ला हुन् । उनले गुणस्तरीय इन्जिनियरिङ र व्यवस्थापन तर्फका जनशक्ति उत्पादन गर्ने उद्देश्यले यस शिक्षणसंस्थाको स्थापना गरेका हुन् ।
डिम्ड टू बी युनिभर्सिटिको रुपमा सञ्चालित यस संस्थाले इन्जिनियरिङ, व्यवस्थापन, मनोविज्ञान, अर्थशास्त्र, कम्प्युटर विज्ञान, मानविकी, शिक्षा, कानुन, आन्तरिक डिजाइन, वाणिज्य, व्यापार लगायत विभिन्न क्षेत्रहरूमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । यस विश्वविद्यालयमा एक सय भन्दा बढी कार्यक्रमहरूमा २० भन्दा बढी देशका विद्यार्थीहरू अध्ययनरत छन् । ३९ हजार भन्दा बढी अल्मुनाइ रहेको यस संस्थाको २५ वटा सेन्टर अफ एक्सिलेन्स र विश्वभर रहेका ९४ भन्दा बढी शैक्षिक संस्था र उद्योगहरूसँग विश्वविद्यालयले सहकार्य गरेको छ ।
मानव रचनासँग रहेको करियर डेभलप्मेन्ट सेन्टरले विद्यार्थीहरूलाई अध्ययन पश्चात रोजगारीको अवसरहरू उपलब्ध गराउन मद्धत गर्दै आएको छ । यसले रोजगार सँगै सफ्ट स्किल विकास गर्न विद्यार्थीलाई सहयोग गर्दै आएको छ । किताबी ज्ञानबाहेक अन्य विषयमा पनि विद्यार्थीलाई सहजिकरण गर्दै आएको यस संस्थामा अध्ययनरत नेपाली विद्यार्थी र अभिभावकको प्रतिक्रियाले नै प्रत्येक वर्ष नेपाली विद्यार्थी यस संस्थामा अध्ययनका लागि जाने गरेका छन् । यस विश्वविद्यालयले विद्यार्थीको समग्र विकासलाई जोड दिन अतिरिक्त क्रियाकलापहरू र खेलकुद कार्यक्रमहरूको आयोजना पनि गर्ने गरेको छ ।
प्रतिकृया दिनुहॊस