एमाले कार्यकर्ताले पहिले नगर प्रहरीमाथि आक्रमण गरे, भिडिओ एकतर्फी छ : मेयर बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले एमाले कार्यकर्ताले नगर प्रहरीमाथि आक्रमण गरेको आरोप लगाएका छन् । गत बुधबार साँझ काठमाडौंको सुनधारामा भएको घटनामा पहिले नगर प्रहरीमाथि स्टील रडले आक्रमण गरिएको उनको आरोप छ ।

नगर प्रहरीमाथि आक्रमण गर्ने फुटपाथ व्यापारी नभएर नेकपा एमालेका कार्यकर्ता भएको मेयर शाहको जिकिर छ । शनिबार साँझ सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत उनले गएको बुधबारको घटनाबारे स्पष्टीकरण दिएका हुन् । सो साँझ नगर प्रहरीले बल प्रयोग गरेको विषयमा सामाजिक सञ्जालमा कतिपय व्यक्तिले विरोध गरेका छन् ।

सामान्य अवस्थामा नगर प्रहरीले लाठीचार्ज, पक्राउलगायत प्रहरीको अधिकार प्रयोग नगर्ने मेयर बालेनले उल्लेख गरेका छन् । आत्मरक्षाका क्रममा नगर प्रहरीले लाठीचार्ज गरेको उनको भनाइ छ । नगर प्रहरीमाथि आक्रमण गरिएको भिडिओ मेटाइएको र बल प्रयोगको मात्र छ्यापछ्याप्ती बनाइएको उनको जिकिर छ । त्यसरी सार्वजनिक भिडिओमा देखिएका कतिपय महिला फुटपाथ व्यापारी नभई एमाले कार्यकर्ता भएको उनले बताएका छन् ।

सुन्धारास्थित नेपाल टेलिकमको भवनअगाडिको सडकपेटीबाट फुटपाथ पसल हटाउने क्रममा बुधबार साँझ नगर प्रहरीले लाठीचार्ज गरेको थियो ।

 

View this post on Instagram

 

A post shared by Balen (@balenshah)

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस