समाचार

कान्तिपुरकर्मी श्रद्धा अर्यालसहित १० महिला सम्मानित

काठमाडौं । गृहिणी महिला संघ नेपालले ११४औं अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा आज कान्तिपुर टेलिभिजनकर्मी श्रद्धा अर्यालसहित १० महिलालाई सम्मान गरेको छ । फरक विधामा रहेर समाजलाई विशेष योगदान पुर्‍याएका महिलाहरु सम्मानित भएका हुन् । अर्यालसँगै सम्मानित हुनेमा अभिनेत्री केकी अधिकारी, समाजसेवी रोज विष्ट, गायिका तथा कार्यक्रम प्रस्तोता विष्णुमाया पौडेल, नर्भिक अस्पतालकी निर्देशक मेघा चौधरी, महिला उद्यमी देविका बुढाथोकी छन् । राष्ट्रिय महिला क्रिकेट टिमकी कप्तान इन्दु बर्मा, कानुनविद् तृष्णा न्यौपाने, …

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज नयाँ कामको योजना बन्ने वा थालनी हुनेछ । परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

काठमाडौँ आउँदै गरेको बस त्रिशूलीमा खस्यो, ४ जनाको मृत्यु, ३३ यात्रुको उद्धार

काठमाडौं । त्रिशूली नदीमा बस खस्दा ४ जनाको मृत्यु भएको भने ३३ यात्रुको जिवितै उद्धार गरिएको छ । कपिलबस्तुबाट काठमाडौंतर्फ आउँदै गरेको लु २ ख २१२१ नम्बरको यात्रुबहाक बस आज बिहान धादिङको गजुरी गाउँपालिका ५ घाटबेसीबाट त्रिशूली नदीमा खसेको हो । सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार घाइतेलाई उपचारका लागि गजुरी अस्पताल पठाइएको छ । उद्धारका लागि विपद ब्यबस्थापन तालिम शिक्षालय कुरिनटारबाट प्रहरी निरीक्षकको कमान्डमा ६ जना गोताखोरसहित …

पुरा पढ्नुहॊस »

बिहे गर्न नमान्दा ३८ वर्षीय विवाहित धिरेनले गरेका थिए १५ वर्षीया किशोरीको हत्या

काठमाडौं । मोरङको पथरीशनिश्चरे-७ मा सोमबार राति प्रेमीले १५ वर्षीया किरोशीको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । १५ वर्षीया ज्ञानमति थुलुङ राईको ३८ वर्षीय धिरेन खाँ चौधरीले हत्या परेको खुलेको हो । आरोपी आफूभन्दा दोब्बर भन्दा धेरै उमेर कान्छी किशोरीसँग डेढ वर्षदेखि प्रेम सम्बन्धमा रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । ज्ञानमति र धिरेन गत असार १३ गते परिवारको सहमतीबिनै धारततर्फ भागेका थिए । तर उनीहरुलाई सहयोगी हातहरु नामक गैरसरकारी …

पुरा पढ्नुहॊस »

कांग्रेसले लियो प्रचण्डलाई दिएको समर्थन फिर्ता

काठमाडौं । नेपाली काँग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिएको समर्थन फिर्ता लिएको छ । मंगलवार अपरान्ह पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पार्टी केन्द्रिय कार्य सम्पादन समितिको बैठकले प्रधानमन्त्री दाहाललाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । प्रधानमन्त्री दाहाललाई दिएको समर्थन फिर्ता लिने निर्णय केन्द्रिय कार्य सम्पादन समितिको बैठकले गरेको पार्टीका उपसभापति धनराज गुरुङले जानकारी दिए । उनले भने, ‘हामीले पुष्पकमल दाहाललाई जुन समर्थन गरेका थियौं । विश्वासको मत …

पुरा पढ्नुहॊस »

रविलाई आफ्नै केन्द्रीय सदस्य कार्कीको यस्तो प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य गणेश कार्कीले नयाँ गठबन्धनको सरकारमा पार्टीको सहभागितालाई लिएर असहमति जनाएका छन् । राजनीतिक समीकरण परिवर्तन भएसँगै रास्वपा नेकपा एमालेसँग मिलेर फेरि बनेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी भएपछि उनले असहमति पत्र लेखेका छन् । उनले रास्वपाले बोकेको सबै सिद्धान्तलाई किराना लगाएर वर्तमान सरकारमा जानु कतिको उचित हो ? भन्दै पार्टी सभापति रवि लामिछानेसहितलाई प्रश्न गरेका छन् । हेर्नुस् कार्कीको …

पुरा पढ्नुहॊस »

एमालेको प्रमुख सचेतकमा बर्तौला र सचेतकमा बराल चयन

काठमाडौं । नेकपा (एमाले)ले महेश बर्तौलालाई मुख्य सचेतक बनाएको छ । सचेतक रहेका उनलाई मुख्य सचेतकमा बढुवा गरिएको एमाले स्रोतले जानकारी गराएको छ । सचेतकमा सुनिता बराललाई चयन गरिएको छ । मुख्य सचेतक यसअघि पदम गिरी थिए । उनी नयाँ गठबन्धन सरकारमा मन्त्री बनेपछि बर्तौलालाई मुख्य सचेतक बनाइएको हो । उनको बढुवा भएपछि रिक्त स्थानमा बराललाई सचेतकमा नियुक्त गरिएको छ ।

पुरा पढ्नुहॊस »

निजामती कर्मचारीले लोक सेवा तयारी कक्षामा पढाउन नपाउने, शेयर किन्न पाउने

काठमाडौं । बहालवाला कर्मचारीहरूले लोक सेवा आयोगले लिने परीक्षाको तयारी कक्षामा पढाउन नपाउने भएका छन् । संसद्‌मा सोमबार दर्ता भएको संघीय निजामती सेवा विधेयकमा यस्तो प्रावधान राखिएको हो । विधेयकको परिच्छेद ९ मा कर्मचारीहरूको आचरणको व्यवस्था छ । त्यसअन्तर्गत कर्मचारीहरूले गर्न हुने र गर्न नहुने कामहरूको विवरण राखिएको छ । कर्मचारीहरूलाई राजनीतिमा भाग लिन, सरकारको आलोचना गर्न, बन्द हडताल गर्न, अन्यत्र नोकरी गर्न, सरकारी कामकाजसम्बन्धी समाचार प्रकाश गर्न, दान, उपहार …

पुरा पढ्नुहॊस »

होस्टेलमा मृत भेटिएकी सालिनको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौं । चितवनको छात्रावासमा मृत्यु भएकी सालिन पोख्रेलको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । बुधबार दिउँसो पशुपति आर्यघाटमा पोख्रेलको अन्त्येष्टि गरिएको हो । एकता शिशु निकेतन बोर्डिङ स्कुलको छात्रावासमा बस्दै आएकी १४ वर्षीया उनी यही फागुन १२ गते बिहान कोठामा मृत अवस्थामा फेला परेकी थिइन् । कोठामा रहेको सिलिङको पंखामा डोरी लगाएर झुन्डिएको अवस्थामा उनको शव फेला परेको थियो । उनको बलात्कार पछि हत्या भएको परिवारले आरोप लगाएका थिए …

पुरा पढ्नुहॊस »

सुदूरपश्चिममा माओवादीका ३ मन्त्री बर्खास्त

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारमा रहेका नेकपा माओवादी केन्द्रका दुई जना मन्त्री र राज्यमन्त्रीलाई बर्खास्त गरिएको छ । केन्द्रमा कांग्रेस-माओवादीकाे गठबन्धन भंग भएर एमालेसहितको नयाँ गठबन्धन बनेपछि काँग्रेसका मुख्यमन्त्री कमलबहादुर शाहले उनीहरूलाई बर्खास्त गरेका हुन् । शाहले उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेशसिंह धामी, सामाजिक विकास मन्त्री झपट साउँद र राज्यमन्त्री गीतादेवी माललाई मंगलबार बर्खास्त गरेका हुन् । तर शाहले नेकपा (एकीकृत समाजवादी) र नागरिक उन्मुक्ति पार्टीका मन्त्रीलाई भने …

पुरा पढ्नुहॊस »