कांग्रेसले लियो प्रचण्डलाई दिएको समर्थन फिर्ता

काठमाडौं । नेपाली काँग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिएको समर्थन फिर्ता लिएको छ । मंगलवार अपरान्ह पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पार्टी केन्द्रिय कार्य सम्पादन समितिको बैठकले प्रधानमन्त्री दाहाललाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

प्रधानमन्त्री दाहाललाई दिएको समर्थन फिर्ता लिने निर्णय केन्द्रिय कार्य सम्पादन समितिको बैठकले गरेको पार्टीका उपसभापति धनराज गुरुङले जानकारी दिए । उनले भने, ‘हामीले पुष्पकमल दाहाललाई जुन समर्थन गरेका थियौं । विश्वासको मत दिएका थियौं । आजको बैठकबाट हामीले गरेको समर्थन फिर्ता लिएका छौं । बैठकमा इलाम र बझाङको चुनावका लागि दल दर्ता गर्ने निर्णय पनि भयो ।’

बैठकले इलाम र बझाङको उपनिर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय पनि गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

करेन्ट लगाएर माछा मार्न गएका वडा सदस्यसहित पाँचजना पक्राउ

काठमाडाैं । करेन्टको प्रयोग गरी अवैध तरिकाले माछा मार्न गएका वडा सदस्यसहित पाँच जनालाई वडा …

प्रतिकृया दिनुहॊस