एमालेको प्रमुख सचेतकमा बर्तौला र सचेतकमा बराल चयन

काठमाडौं । नेकपा (एमाले)ले महेश बर्तौलालाई मुख्य सचेतक बनाएको छ । सचेतक रहेका उनलाई मुख्य सचेतकमा बढुवा गरिएको एमाले स्रोतले जानकारी गराएको छ ।

सचेतकमा सुनिता बराललाई चयन गरिएको छ । मुख्य सचेतक यसअघि पदम गिरी थिए । उनी नयाँ गठबन्धन सरकारमा मन्त्री बनेपछि बर्तौलालाई मुख्य सचेतक बनाइएको हो ।

उनको बढुवा भएपछि रिक्त स्थानमा बराललाई सचेतकमा नियुक्त गरिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री