कान्तिपुरकर्मी श्रद्धा अर्यालसहित १० महिला सम्मानित

काठमाडौं । गृहिणी महिला संघ नेपालले ११४औं अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा आज कान्तिपुर टेलिभिजनकर्मी श्रद्धा अर्यालसहित १० महिलालाई सम्मान गरेको छ । फरक विधामा रहेर समाजलाई विशेष योगदान पुर्‍याएका महिलाहरु सम्मानित भएका हुन् ।

अर्यालसँगै सम्मानित हुनेमा अभिनेत्री केकी अधिकारी, समाजसेवी रोज विष्ट, गायिका तथा कार्यक्रम प्रस्तोता विष्णुमाया पौडेल, नर्भिक अस्पतालकी निर्देशक मेघा चौधरी, महिला उद्यमी देविका बुढाथोकी छन् । राष्ट्रिय महिला क्रिकेट टिमकी कप्तान इन्दु बर्मा, कानुनविद् तृष्णा न्यौपाने, वरिष्ठ नेत्ररोग विशेषज्ञ डा। सन्जिता शर्मा र शिक्षाविद् प्रा.डा. पदमा अर्याललाई पनि सम्मान गरिएको हो ।

संघकी अध्यक्ष अमृता शर्माकाअनुसार कार्यक्रममा भूमिसुधार तथा गरिबी निवारणमन्त्री रन्जिता श्रेष्ठ, राष्ट्रिय समावेशी आयोगका अध्यक्ष रामकृष्ण तिमिल्सिना र काठमाडौं वर्ल्ड स्कुलका संयोजक नैना चन्द शाहको उपस्थिति थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

करेन्ट लगाएर माछा मार्न गएका वडा सदस्यसहित पाँचजना पक्राउ

काठमाडाैं । करेन्टको प्रयोग गरी अवैध तरिकाले माछा मार्न गएका वडा सदस्यसहित पाँच जनालाई वडा …

प्रतिकृया दिनुहॊस