earthquake_1-1024x576-1/पाँच सय वर्षदेखि जोगिएको पश्चिम नेपाल महाभूकम्पको जोखिममा

रसुवाको जुरेढुङ्गा केन्द्रविन्दु भएर चार रेक्टरको भूकम्प

काठमाडौँ । काठमाडौँको उत्तरी क्षेत्र रसुवा जिल्लाको जुरेढुङ्गा केन्द्रविन्दु भएर भूकम्प भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ९ः४४ बजे रसुवा जिल्लाको जुरेढुङ्गा आसपास केन्द्रविन्दु भएर चार रिक्टर स्केलको भूकम्प भएको हो ।

यसअघि फागुन २८ गते बाजुरा जिल्लाको जुगाडा केन्द्रविन्दु भएर चार दशमलव तीन रिक्टरस्केलको भूकम्प भएको थियो । नेपालमा पछिल्लो समय कम शक्तिशाली भूकम्प हुने क्रम जारी रहेको छ । नेपालमा अधिक हिमाली क्षेत्र भएकाले सधै भूकम्पीय जोखिममा रहेकोे भूकम्पविद्हरू बताउँछन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

फोहोर गरेको भन्दै महानगरले एमालेलाई गर्‍यो १ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले सत्तारूढ नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना गरेको छ । दरबारमार्गमा आयोजित जागरण सभाका क्रममा सार्वजनिक सडक र फुटपाथमा फोहोर गरेको आरोपमा कारबाही गरिएको हो । महानगरपालिकाले शुक्रबार पठाएको पत्रमा, २०६८ सालको फोहोर मैला व्यवस्थापन ऐन र काठमाडौं महानगरपालिकाको २०८१ सालको आर्थिक ऐनलाई आधार मान्दै, एक लाख रुपैयाँ जरिवाना लगाइएको उल्लेख छ ।

प्रतिकृया दिनुहॊस