समाचार

उप-निर्वाचनको सुरक्षा तयारी पूरा, साढे २ हजार प्रहरी खटिने

काठमाडौं । नेपाल प्रहरीले वैशाख १५ गते हुने उप—निर्वाचनको सुरक्षा तयारी पूरा भएको बताएको छ । वैशाख १५ गते इलाम २ (प्रतिनिधि सभा) र बझाङ १ (प्रदेश सभा) मा हुन गइरहेको उपनिर्वाचनको तयारी पूरा भएको बताएको हो । नेपाल प्रहरिले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बिहीवार उपनिर्वाचन हुने दुवै क्षेत्रमा सुरक्षा व्यवस्था मिलाएको बताएको छ । प्रहरीले निर्वाचन पूर्वको सुरक्षा, निर्वाचनको दिनको सुरक्षा र निर्वाचन पछिको सुरक्षालाई अलग—अलग कार्ययोजना बनाएर सुरक्षा …

पुरा पढ्नुहॊस »

उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिको अनुमति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार हुने उपनिर्वाचनका लागि सेना परिचालन गर्न अनुमति दिएका छन् । गत वैशाख १० गतेको राष्ट्रिय सुरक्षा परिषद्को बैठकको सिफारिसको आधारमा राष्ट्रपति पौडेलले सेना परिचालन गर्न अनुमति दिएका हुन् । इलाम क्षेत्र नं २ मा हुने प्रतिनिधि सभा र बझाङ १ (१) मा हुने प्रदेश सभाको निर्वाचनमा सेना परिचालनका लागि मन्त्रिपरिषद्ले सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा राष्ट्रपति पौडेलले संविधानको धारा ६६ को उपधारा …

पुरा पढ्नुहॊस »

आयोगलाई शिक्षामन्त्रीको निवेदन- राजनीति गर्ने शिक्षकलाई कारबाही हुँदैछ,विवरण उपलब्ध गराइदिनु

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दलीय आबद्धता भएका शिक्षकहरूलाई कारबाही गर्न सहजताका लागि निर्वाचन आयोगसँग राजनीतिक दलका कार्यकारिणी समितिको विवरण माग गरेको छ । राजनीतिक दलका केन्द्रीय, प्रदेश र जिल्ला तहका सबै कार्यकारिणी समितिमा रहेका पदाधिकारीहरूको विवरण माग गरी निर्वाचन आयोगमा पत्राचार गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको सचिवालयले दलीय आबद्धता भएका शिक्षकको विषयमा परेका उजुरीको विवरण यकिन गरी कारबाही अघि …

पुरा पढ्नुहॊस »

साइबर ब्युरो भन्छ- गणेशमानको मुद्दा गृहमन्त्रीसँग असम्बन्धित, अश्लील पोस्टबारे अनुसन्धान हुँदैछ

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्युरोले हाल सामाजिक सञ्जालमा भाइरल भएको भिडियोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । हाल सामाजिक सञ्जालमा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी गरेको भन्दै फेसबुकमा कमेन्ट गरेको आधारमा साइबर ब्युरोले आफूलाई तनाव दिएको भन्दै एक युवाले आफूले विष सेवन गर्न बाध्य भएको उल्लेख गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । काठमाडौँको कीर्तिपुर बस्ने जाजरकोटका गणेशमान सिंहले जारी गरेको सो भिडियोप्रति साइबर ब्युरोले आफ्नो ध्यानाकर्षण …

पुरा पढ्नुहॊस »

आफै चढेर आएको बसले हान्दा तीर्थयात्रीको मृत्यु

काठमाडौं । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको मृत्यु भएको छ । राप्ती–२ गड्यौलीस्थित पूर्व–पश्चिम राजमार्गमा सुनसरीको चतराधामबाट फर्किएकी राप्ती नगरपालिका–२ गड्यौली बस्ने ६० वर्षीया निमाकुमारी रिजालको आफूले यात्रा गरेको बसको ठक्करबाट मृत्यु भएको हो । उक्त बसले उनलाई ओर्लने क्रममा ठक्कर दिएको प्रहरीले जनाएको छ । बसको ठक्करबाट गम्भीर घाइते भएकी उनको पुरानो मेडिकल कलेजमा उपचारको मृत्यु भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता श्रीराम भण्डारीले बताए …

पुरा पढ्नुहॊस »

वेस्ट इन्डिज ‘ए’विरुद्ध खेल्ने नेपालको टिम घोषणा (सूचीसहित)

काठमाडौं । आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले १६ सदस्यीय टोली घोषणा गरेको छ । एसीसी प्रिमियर कपका लागि ओमान पुगेको टोलीमा ब्याटर आरिफ शेखलाई समेट्दै १६ सदस्यीय टोली घोषणा गरिएको हो । नेपाली टोली : रोहित कुमार पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ शेख, सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन झा, ललित राजवंशी, करण केसी, सोमपाल कामी, …

पुरा पढ्नुहॊस »

सामाजिक सञ्जालमा अर्कै भिडिओ भाइरल, कतार पठाइएको छैन हात्ती

काठमाडौं । बुधबारबाट दुईवटा हात्ती ट्रकमा चढ्दै गरेको एउटा भिडिओ भाइरल छ । धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताले भिडिओलाई ‘नेपालबाट कतार पठाउन लागिएको हात्ती’ भन्दै सेयर गरिरहेका छन् । तर कतारलाई उपहार दिने भनिएका हात्ती (खगेन्द्रप्रसाद र रुद्रकली) चितवनमै रहेका हुन् । अहिले भाइरल बनिरहेको भिडिओमा भावुक बनेका नेपालीहरूले भावुक कमेन्ट गर्दै सरकारको विरोध पनि गरेका छन् । उक्त भिडिओ  मार्च २८ अर्थात् गत चैत १५ गते थाइल्यान्डको एक फेसबुक पेजले …

पुरा पढ्नुहॊस »

काठमाडौंमा ९२२ महिलाको क्यान्सर परीक्षण गर्दा २६ जनामा पोजेटिभ

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका ४ वटा वडा (३१, २५, २७ र ३), महिला जनप्रतिनिधि र महिला कर्मचारी गरी ९२२ जनाको स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरसँगै प्रजनन स्वास्थ्यको जाँच भएको छ । उनीँहरुमध्ये ७७९ जनाको रिपोर्ट आइसकेको छ । रिपोर्ट आएकामध्ये २६ जनामा पोजेटिभ (क्यान्सरको सम्भावना) देखिएको जनस्वास्थ्य निरीक्षक रञ्जनाकुमारी शाहले जानकारी दिइन् । यस्तै रामघाट प्राथमिक स्वास्थ्य केन्द्रका मेडिकल अधिकृत डा. सुनिता लम्सालकाअनुसार पोजेटिभ देखिएकामध्ये ९ जनाको कल्पस्कोपी (विशेष …

पुरा पढ्नुहॊस »

विश्वासको मत लिँदै कर्णालीका मुख्यमन्त्री कँडेल, यस्तो छ अंकगणित

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत लिँदै छन् । मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि अपराह्न ३ बजे प्रदेश सभा बैठक राखिएको हो । विश्वासको मत लिनु मूख्यमन्त्री कँडेलले माओवादी केन्द्रका रणसिंह परियारलाई बिना विभागीय मन्त्री बनाएका छन् । चैत्र २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका एमाले नेता कँडेलले गठबन्धनमा रहेका दलहरुबीच सहमति जुट्न नसक्दा अहिलेसम्म सरकारलाई पूर्णता दिन सकेका छैनन् । ४० सदस्यीय प्रदेशसभामा माओवादी केन्द्रको १३, …

पुरा पढ्नुहॊस »

करेन्ट लागेर विद्युतका कर्मचारी केसीको मृत्यु

काठमाडौं । विद्युत् प्राधिकरण सुर्खेतका एक कर्मचारीको करेन्ट लागेर मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका-३, तातापानीका २८ वर्षीय विशाल केसीकाे मृत्यु भएकाे हाे । बराहताल गाउँपालिका-८, कुनाथरीमा विद्युत् मर्मत गर्ने क्रममा उनलाई करेन्ट लागेको थियो । थप उपचारका क्रममा केसीको प्रदेश अस्पतालमा मृत्यु भएको विद्युत् प्राधिकरण सुर्खेतका सूचना अधिकारी बेनी नेपालीले बताए ।

पुरा पढ्नुहॊस »