विश्वकीर्तिमान राखेका लुइँटेल राष्ट्रपति पौडेलबाट सम्मानित

काठमाडौं । सञ्चारकर्मी राजेन्द्र लुइँटेललाई राष्ट्रपति रामचन्द्र पौडेलबाट सम्मानित भएका छन् । विश्वकै सर्वाधिक उचाइमा म्युजिक भिडियो निर्माण गरेर विश्वकीर्तिमान कायम गरेका लुइँटेल राष्ट्रपति भवनमा आयोजित एक कार्यक्रममा राष्ट्रपति पौडेलबाट सम्मानित भएका हुन् ।

राष्ट्रपति पौडेलले विश्वकीर्तिमान कायम गर्ने लुइँटेललाई बधाई सहित माला र दोसल्ला ओढाएर सम्मान गरेका थिए । मनाङको तिलिचो तालमा छायांकन तथा निर्माण गरिएको उक्त भिडियोको गीतलाई अर्का कीर्तिमानी डा. डिआर उपाध्यायले लेखेका हुन भने कीर्तिमानी संगीत सन्तोष श्रेष्ठ र कीर्तिमानी सागर अधिकारी शरदले दिएका हुन् । भिडियोमा पुष्प खड्का तथा श्रद्धा क्षेत्रीको अभिनय रहेको छ । भिडियोलाई माइकल चन्दले निर्देशन गरेका हुन् ।

उक्त समारोहलाई सम्बोधन गर्दै विश्वकीर्तिमान कायम गरि देशको नाम फरक ढंगबाट चिनारी गराएकोमा राष्ट्रपति रामचन्द्र पौडेलले बधाई तथा शुभकामना दिए । राष्ट्रपति कार्यालय शीतल निवासमा भएको कार्यक्रममा राष्ट्रपति पौडेलले विविध कष्टका बाबजुद पनि आफ्नो लक्ष्यमा पुगेर कीर्तिमान कायम गरेको भन्दै बधाई तथा शुभकामना दिए । ‘विभिन्न कष्ट, दुःख पाएर पनि आफ्नो लक्ष्यमा पुग्नुभयो, यो प्रशंसनीय कार्यका लागि बधाई तथा शुभकामना दिन चाहन्छु,’ उनले भने ।

राष्ट्रपति पौडेलले विभिन्न क्षेत्रका व्यक्तिहरूले कायम गरेको यस्ता कीर्तिमानले राष्ट्रको नै गौरव बढाउने बताए । लुइँटेल यसअघि २०२१ मा पनि तत्कालीन प्रधानमन्त्री शेर बहादुर देउवाको हातबाट गिनिज अफ वल्र्ड रेकर्डबाट सम्मान प्राप्त गरिसकेका थिए । भारतको प्रतिष्ठित दादा साहेब ईण्डियन टेलिभिजन अवार्ड, युरोपियन वल्र्ड रेकर्ड, अमेरिका बुक अफ रेकर्ड, युरोपियन रेकर्डस बुक, द ब्रिटिश वल्र्ड रेकर्ड,महात्मा गान्धि ईन्टरनेशनल अवार्ड, ग्लोबल ईन्टरनेशनल अवार्ड, डा. एपिजे अब्दुल कलाम सेवा सम्मान २०२२, एमएसएन एक्सिलेन्सी अवार्ड, ब्रिलियन्ट इकोस्टार अवार्ड,डव्लुएसी बुक अफ रेकर्ड लगायत एक दर्जन बढी प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड तथा सम्मान प्राप्त गरिसकेका लुइँटेलले राष्टियस्तरका सयौं संघ संस्थाबाट सम्मान प्राप्त गरिसकेका छन् ।

कार्यक्रम व्यवस्थापन संघका उपाध्यक्ष समेत रहेका लुइँटेलले भारत लगायत दुबई, अजरवैजान, ईजिप्ट, थाईलैण्ड,कतारमा समेत सम्मानित भइसकेका छन् । एक दशक भन्दा लामो समयदेखि सञ्चारकर्ममा सक्रिय लुइँटेल भिडियोमा अभिनय हुँदै निर्माणमा सक्रिय रहँदै आएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कालीकोट जीप दुर्घटना : यी हुन् मृत्तक र घाइते (नामसहित)

काठमाडौं । कालिकोट जीप दुर्घटनामा गम्भीर घाइते आठ जनालाई सुर्खेत ल्याइएको छ । पलाँता गाउँपालिका–३ …

प्रतिकृया दिनुहॊस