ठाकुरमोहन श्रेष्ठलाई कुटपिट गर्ने राप्रपाका ३ नेता ४ वर्षका लागि निलम्बित

काठमाडौँ । राप्रपा नेता ठाकुरमोहन श्रेष्ठमाथि आक्रमण गर्ने तीन नेता पार्टीबाट निलम्बनमा परेका छन् । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले उनीहरुलाई ४ वर्षका लागि पार्टीबाट निलम्बन गरेका हुन् ।

निलम्बनमा पर्नेहरुमा पार्टीका सहमहामन्त्री प्रेम बलायर, राप्रपा काठमाडौँ क्षेत्र नम्बर ४ का अध्यक्ष ऋद्धिप्रताप राणा र युवा संगठनका सदस्यसचिव निराजन बम रहेका छन् । पार्टीको अनुशासन समितिले बुझाएको प्रतिवेदनका आधारमा उनीहरुलाई कारबाही गरिएको हो ।

गत फागुन २७ गते केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेको बेला श्रेष्ठमाथि आक्रमण भएको थियो । आक्रमणमा उत्रिनेहरुमाथि छानबिन गरि प्रतिवेदन दिन कार्यसम्पादन समितिले पार्टीको अनुशासन समितिलाई ४८ घण्टा अल्टिमेटम दिएको थियो ।

सोहीअनुरुप अनुशासन समितिले बुझाएको प्रतिवेदन अनुसार राप्रपाले उनीहरुलाई कारबाही गरेको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds