काठमाडौं । कैलालीस्थित चिसापानी र लम्कीचुहा नगरपालिकाको बिचमा गोरुङ्गेमा मोटरसाइकल दुर्घटना भएको छ । मोटरसाइकल दुर्घटना हुँदा पञ्चपुरी नगरपालिका–६ सर्खेतका मोटरसाइकल चालक प्रकाश बुढा गम्भिर घाइते भएका हुन् ।
चिसापानीबाट लम्कीतिर आइरहेको रा ४ प १५२६ नम्बरको मोटरसाइकल अनियन्त्रीत भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइते बुढाको लालरत्न अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको इलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ ।
तपाईंको प्रतिकृया




