ट्याक्टर पल्टिँदा १९ वर्षीय चालकको मृत्यु, ट्याक्टर धनी फरार

काठमाडौं । सर्लाहीको बसबरिया गाउँपालिका-३ मा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । प्रदेश २-०२-००१ त ०४३५ नम्बरको ट्याक्टर पल्टिँदा त्यसका चालक बसबरिया गाउँपालिका-३ का १९ वर्षीय पुजेरी माझीको मृत्यु भएको हो ।

खेतमा काम गरेर फर्किंदा बसबरिया गाउँपालिका-३ कोठिहारस्थित नहरमा आइतबार साँझ ट्याक्टर पल्टिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एव प्रहरी नायब उपरीक्षक दीपेन्द्र पञ्जियार थारुले जानकारी दिए । दुर्घटनाको बेला ट्याक्टर धनी बसबरिया गाउँपालिका-३ का अन्दाजी ५० वर्षीय सञ्जीवकुमार यादव पनि ट्याक्टरमै थिए ।

उनी भने सकुशल रहेका प्रहरीले जनाएको छ । दुर्घटनापछि ट्याक्टर धनी यादव फरार छन् । दुर्घटनामा संलग्न ट्याक्टर इलाका प्रहरी कार्यालय बरहथवाको नियन्त्रणमा रहेको र शवलाई शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलङ्गवा, सर्लाही पठाइएको प्रहरीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

इलाम-२ : सुहाङको मत १४ हजार नाघ्यो, मुढाले कटायो ८ हजार

काठमाडौं । इलाम-२ को उपनिर्वाचनको जारी मतगणनामा एमाले उम्मेदवार सुहाङ नेम्वाङको अग्रता कायमै छ । …

प्रतिकृया दिनुहॊस