काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले सत्ता र शक्तिको दुरुपयोग गरी गृहमन्त्री रवि लामिछानेले प्रतिशोध साँध्न खोजेको आरोप लगाएका छन् । उनले मंगलबार दिउँसो वक्तव्य जारी गर्दै यस्तो बताएका हुन् । सहकारी ठगीबाट पीडित बचतकर्ताहरूको बारेमा निरन्तर समाचार लेखेकाले गृहमन्त्री रवि लामिछानेले प्रतिशोध र हस्तक्षेप गरेको बताएका छन् । उनले यसअघि पनि समाचारकाले नै सत्ता र शक्तिको दुरुपयोग गरेर कान्तिपुरमाथि विगतमा पनि हस्तक्षेप भएको र उनी आफैँ पनि …
पुरा पढ्नुहॊस »सरकारसँग कांग्रेसको माग- रवि लामिछानेलाई तत्काल पक्राउ गरियोस्
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध तत्काल पक्राउ पुर्जी जारी गर्न सरकारसँग माग गरेको छ । मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले सहकारी ठगीको आरोप लागेकी राप्रपाकी सांसद गीता बस्नेत पक्राउ परेकाले गृहमन्त्री लामिछानेविरुद्ध पनि पक्राउ पुर्जी जारी गर्नुपर्ने बताएका हुन् । उनले ठगीको अभियोगमा सांसद बस्नेतलाई पक्राउ पुर्जी जारी हुने तर सोही अभियोग लागेका लामिछाने मुलुकको गृहमन्त्री हुने विडम्बनापूर्ण अवस्थाको अन्त्य हुनुपर्ने …
पुरा पढ्नुहॊस »नाराबाजीकै बीच प्रतिनिधिसभाबाट राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पारित
काठमाडौं । प्रतिनिधिसभाको बैठकमा कांग्रेसको अवरोध जारी रहेको छ । बैठक शुरु हुना साथ कांग्रेसका सांसदहरुले विरोध शुरु गरेका थिए । बैठकमा सभामुखले कांग्रेसका सांसद बद्रि पाण्डेलाई बोल्ने समय दिएका थिए । पाण्डेले गृहमन्त्री रवि लामिछानेले संसदमा बोलेका र कांग्रेसका नेताहरुमाथि लगाएको आरोप प्रमाणित गर्न चुनौती दिएका थिए । पाण्डेले बोलेपछि सभामुखले बैठक अगाडी बढाएपछि कांग्रेसका सांसदहरुले वेल घेराउ गर्दै नाराबाजी गरेका थिए । नाराबाजीका बीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले …
पुरा पढ्नुहॊस »थलीमा मृत भेटिएका कृष्णकी छोरी बबरमहलबाट पक्राउ, छोरा पनि फर्पिङमा घाइते फेला
काठमाडौं । काठमाडौंको थलीमा मृत भेटिएका व्यक्तिकी छोरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनकी छोरीलाई प्रहरीले बबरमहलबाट नियन्त्रणमा लिएको हो । घाँटीमा धारिलो हतियारले काटेको र अनुहार कालो कपडाले छोपेको अवस्थामा भक्तपुर नगरपालिका-७, छालिङ ठेगाना भएका कृष्ण नगरकोटी बिहान थलीको उकालोमा मृत फेला परेका थिए । उनको साथमा रहेको सवारी चालक अनुमति पत्रका आधारमा पहिचान खुलेको थियो । नगरकोटीका छोरा भने काठमाडौंको फर्पिङमा घाइते अवस्थामा भेटिएका छन् । उनलाई नियन्त्रणमा …
पुरा पढ्नुहॊस »छानबिन समितिको कार्यादेश बनाउने कार्यदलको बैठक निष्कर्षविहीन
काठमाडौं । संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक निष्कर्ष विहीन भएको छ । सहकारी संस्थाको रकम अपचलनको विषयमा छानबिन गर्न संसदीय समिति बनाउने भनिएपनि त्यसको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक निष्कर्ष विहीन भएको हो । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बसेको बैठकमा सत्ता पक्ष र प्रतिपक्ष दलका सदस्यहरू यथावत् अडान भएकाले बैठक निष्कर्षविहीन बन्न पुगेको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारीको बचत अपचलन प्रकरणमा …
पुरा पढ्नुहॊस »कीर्तिमान बनाएको सुनको मूल्यमा भारी गिरावट
काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मूल्य घटेको छ । सोमबार प्रतितोला १ लाख ४१ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १२ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ४० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको हो । तेजाबी सुनको भाउ पनि १२ सय रुपैयाँले नै घटेको छ । आज तेजाबी सुन प्रतितोला १ लाख ३९ हजार ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ । …
पुरा पढ्नुहॊस »कार्यादेश टुंगो लगाउँदै कार्यदल, कांग्रेसबाट थपिए कार्की
काठमाडौं । कार्यदलमा विशेषगरी गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गर्ने कि नगर्ने भन्ने विषयमा विवाद छ । सत्ता र प्रतिपक्ष दलले गत शनिबार सहकारी प्रकरणमा छानबिन गर्न संसदीय समिति गठन गर्ने सहमति भएको थियो । सो सहमति अनुसार समितिको कार्यादेश (टिओआर) टुङ्गो लगाउन कार्यदल गठन गरिएको थियो ।
पुरा पढ्नुहॊस »कहाँको मौसम कस्तो ? (तीन दिनको पूर्वानुमान)
काठमाडौं । अहिले नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपास रहेको न्युनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । अहिले बिहान देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम आंशिकदेखि मुख्यतया सफा रहेको छ । कोशी, मधेस र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ । दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । …
पुरा पढ्नुहॊस »रोकिराखेको टिपरमा बाइक ठोक्किँदा ओभरसियरको मृत्यु
विराटनगर । मोरङको ग्रामथानस्थित सडकमा रोकेर राखेको टिपरमा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा सब इन्जिनियरको मृत्यु भएको छ । सुन्दरहरैँचाको हरैँचाबाट विराटनगरतर्फ आउँदै गरेको को १ ब १३८४ नम्बरको सरकारी मोटरसाइकल ग्रामथान गाउँपालिका-५ तेतरिया चोकमा आइतबार राति बजेतिर दुर्घटनामा परेको हो । ना ५ ख ७०७९ नम्बरको टिपरको पछाडिको भागमा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा चालक ३५ वर्षीय मोहम्मद मुक्तार खानको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । खान …
पुरा पढ्नुहॊस »पशुपतिको भेटी चोर्नेमा नासुदेखि बैंकका कर्मचारीसम्म, ८ जना पक्राउ (नामसहित)
काठमाडौं । पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी गर्ने व्यक्ति पक्राउ परेका छन् । पशुपति क्षेत्र विकास कोषका ७ कर्मचारीसहित आठ जना पक्राउ परेका हुन् ।
पुरा पढ्नुहॊस »