समाचार

लागू औषध मुद्दामा पक्राउ परेका एन्फा उपाध्यक्ष दावा लामा रिहा

काठमाडौं । लागुऔषध मुद्दामा पक्राउ परेका अखिल नेपाल फुटबल संघ (एन्फा) उपाध्यक्ष दावा लामा रिहा भएका छन् । बुधबार पक्राउ परेका लामा बिहीबार रिहा भएको काठमाडौं उपत्यका अपराध अनुसन्धानको कार्यालयले जनाएको छ । लागु औषध मुद्दामा फरार रहेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको थियो । तर सर्वोच्च अदालतबाट तारेखमा रहेको भन्ने खुलेपछि उनी रिहा भएका हुन् । यसअघि उच्च अदालत पाटनबाट २०६४ सालमा लागुऔषध खैरो हिरोइन कारोबार मुद्दामा दोषी ठहर …

पुरा पढ्नुहॊस »

डा. अन्जान शाक्य राष्ट्रियसभा सदस्यमा मनोनीत

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा डा अन्जान शाक्यलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गरेका छन् । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ८६ को उपधारा (२) को खण्ड (ख) बमोजिम शाक्यलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गर्नुभएको राष्ट्रपति कार्यालयबाट आज जारी विज्ञप्तिमा उल्लेख छ । गत चैत ३० गतेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको रिक्त सदस्य पदमा डा शाक्यलाई मनोनीत गर्न राष्ट्रपति पौडेलसमक्ष सिफारिस गरेको थियो । नेपालको संविधानको धारा ८६ को उपधारा २ (ख) …

पुरा पढ्नुहॊस »

सल्यान दुर्घटनाका घाइते बसधनी विष्णु विकको मृत्यु

दाङ । सल्यानमा बुधबार भएको बस दुर्घटनामा परी घाइते भएका एकजना यात्रुको उपचारका क्रममा बुधबार राति मृत्यु भएको छ । बुधबार बिहान करिब ११ बजेतिर दाङबाट रुकुम जाँदै गरेको यात्रुवाहक बस दुर्घटनामा परी गम्भीर घाइते भएका तुलसीपुर उपमहानगरपालिका-४ निवासी ४६ वर्षीय विष्णु विकको उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले जानकारी दिएका छन् । दाङबाट पूर्वीरुकुममतर्फ जाँदै गरेको रा१ख २०८५ …

पुरा पढ्नुहॊस »

पोर्चुगलको समुन्द्रमा डुबेका टेकबहादुरको शव भेटियो

काठमाडौं । सामुद्रिक खाना शंखजन्य जीव (सेलफिस)खोज्ने क्रममा करिब दुई साता अघिदेखि समुन्द्रमा बेपत्ता भएका नेपाली युवाको शव भेटिएको छ । समुन्द्रमा बेपत्ता भएका धादिङको नेत्रावती डबजोङ गाउँपालिका-५, कटुञ्जेका ३८ वर्षीय टेकबहादुर तामाङको शव समुद्री किनारमा भेटिएको हो । दुई साता अघि मोन्तिजोस्थित समुद्रमा सामुद्रिक जीव खोज्ने क्रममा धादिङको नेत्रावती डबजोङ गाउँपालिका-५, कटुञ्जेका ३० वर्षीय धनबहादुर तामाङको डुबेर मृत्यु भएको थियो । सोही स्थानका ३८ वर्षीय टेकबहादुर तामाङ बेपत्ता भएका …

पुरा पढ्नुहॊस »

मन्त्रीको ‘टालेको सट’मा ज्ञानेन्द्रको टिप्पणी- फेरि फेरि गाडी चढ्न सक्नेले एउटा सट किन्न नसक्ने ? नाटक बढी भयो !

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले शिक्षामन्त्री सुमना श्रेष्ठको ‘टालेको सट’मा टिप्पणी गरेका छन् । सांसदसमेत रहेका शाहीले सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका हुन् । सुमनाको एउटा तस्बिर अहिले धेरैले सामाजिक सञ्जालमा साझा गरिरहेका छन् । तस्बिरमा मन्त्री सुमनाले लगाएको सर्ट च्यातिएर टालेको जस्तो देखिन्छ । यो तस्बिरलाई लिएर समर्थकहरूले उनको ‘सादगीपन’ को प्रशंसा गरेका छन् भने आलोचकहरूले ढोंग देखाएको आरोप लगाएका छन् । शाहीले सुमनाले सस्तो लोकप्रियताका लागि …

पुरा पढ्नुहॊस »

आजको मौसम : हावाहुरी, चट्याङ र वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले देशका पहाडी भूभागमा आंशिक बदली रही गण्डकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ । बाँकी भूभागमा मौसम सफा रहेको छ । दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ । कोशी प्रदेशको पहाडी …

पुरा पढ्नुहॊस »

बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै

काठमाडौं । सरकारले ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाउँदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो उमेर समूहका बालबालिकालाई रोगहरूबाट जोगाउन भिटामिन ‘ए’ क्याप्सुल खुवाउनुका साथै नियमित खोप लगाउन छुटेकाहरूलाई नजिकैको स्वास्थ्य केन्द्रमा गएर खोप लगाउन आग्रह गरेको छ ।

पुरा पढ्नुहॊस »

जिसी दम्पती हत्याको १८ दिन : २०० बढीसँग सोधपुछ, पत्ता लागेनन् दोषी

काठमाडौं । पर्वतको जलजला गाउँपालिका-२ मल्लाजको दहमा एक दम्पतीको हत्या भएको १८ दिन पुगेको छ । गत चैत २० गतेदेखि प्रहरीले अनुसन्धान गरेको भए पनि अहिलेसम्म घटनामा संलग्न दोषी पत्ता लागेको छैन ।

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

महावीर पुनले आत्मकथा बेचेर कमाए ५ करोड

काठमाडौं – राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा‍. महावीर पुनले आत्मकथा बेचेर ५ करोड रुपैयाँ आर्जन गरेको बताएका छन् । ‘महावीर पुन सम्झना, सपना र अविरल यात्रा’ नामक सो पुस्तक बिक्री गरी झन्डै पाँच करोड रुपैयाँ आम्दानी भएको उनले सामाजिक सञ्जालबाट जानकारी गराएका हुन् । गत असोज २८ मा सार्वजनिक उक्त पुस्तक बिक्रीका लागि पुन विभिन्न जिल्ला पुगेका थिए । उनले पछिल्लो १०० दिनमा ८४ हजार प्रति पुस्तक बिक्री भएको बताएका …

पुरा पढ्नुहॊस »
This Ad will close automatically in seconds