महिला सेलमा कार्यरत जवान करिश्मा मृत फेला

काठमाडौं । जिल्ला प्रहरी कार्यालय सिराहामा प्रहरी जवान मृत भेटिएकी छन् । महिला सेलमा कार्यरत जवान करिश्मा सुनार शौचालयमा झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।

झुण्डिएको अवस्थामा शौचालयमा भेटिएको सुनारको शव पोस्टमार्टमका आफन्त आएपछि मात्रै हुने सिराहाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले जानकारी दिए । प्रजिअ दाहालका अनुसार आफन्त आइनपुगेकाले शौचालयको ढोका समेत खोलिएको छैन ।

आफन्त आइपुग्न लागेको जानकारी पाएको बताउँदै त्यसपछि मात्रै अन्य प्रक्रिया अगाडी बढ्ने उनले बताए । मृतक प्रहरी जवान करिश्मा उनी बाँकेको खजुरा गाउँपालिका-४ की स्थानीय हुन् । उनको मृत्युको कारण खुल्न सकेको छैन ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पार्टी कार्यालय आउन कार्यकर्तालाई रास्वपाको सर्कुलर, आन्तरिक छलफलमा रवि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ पर्ने भएपछि आकस्मिक बैठक बोलाइएको छ …

प्रतिकृया दिनुहॊस