समाचार

यी पाँच प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौँ । अहिले नेपालमा स्थानीय वायु, पश्चिमी वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रही रहने छ । कोशी प्रदेशको थोरै तथा बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङ्ग र हावाहुरीसहित हल्का …

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज रमाइलो यात्राको योग रहेको छ । आफन्तबाट सहयोग प्राप्त हुनेछ । नयाँ कार्यको थालनी हुनेछ । पढाइ लेखाइमा प्रगति हुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

नेपालको आफ्नै भू–उपग्रह स्थापना गर्ने सरकारको योजना

काठमाडौं । सरकारले नेपालको आफ्नै भू-उपग्रह स्थापना गर्ने भएको छ । सरकारकाे आउँदाे आर्थिक वर्षकाे नीति तथा कार्यक्रममा नेपालको आफ्नै भू-उपग्रह स्थापना गर्ने योजना सार्वजनिक गरिएको हो । आज सङ्घीय संसद् भवनमा सरकारकाे नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पाैडेलले दुर्गम र विकट क्षेत्रमा भू-उपग्रहमा आधारित इन्टरनेट सेवाको प्रारम्भ गरिने बताए । उनले डिजिटल साक्षरता विकास गरी महिला, अल्पसङ्ख्यक एवम् पिछडिएको वर्ग, क्षेत्र र समुदायको सूचना प्रविधिमा पहुँच विस्तार गर्ने …

पुरा पढ्नुहॊस »

एक हजार जना युवालाई ‘स्टार्टअप’ व्यवसाय गर्न सहुलियत कर्जा दिइने

काठमाडौं । सरकारले आउँदाे आर्थिक वर्ष एक हजार जना युवालाई ‘स्टार्टअप’ व्यवसाय सञ्चालन गर्न सहुलियत कर्जा दिने भएको छ । सरकारको आउँदाे आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले आउँदाे आर्थिक वर्ष कम्तीमा एक हजार जना युवालाई स्टार्टअप व्यवसाय सञ्चालन गर्न सहुलियत कर्जा प्रदान गरिने बताएका हुन् । उनले नवप्रवर्तन र स्टार्टअप राष्ट्रिय अभियान सञ्चालन गरिने पनि जानकारी गराए । तीनै तहका सरकारका साथै निजी क्षेत्रको सहकार्यमा …

पुरा पढ्नुहॊस »

आउँदाे आर्थिक वर्षलाई ‘कृषिमा लगानी दशक’ घाेषणा

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८१/०८२ को दशकलाई कृषिमा लगानी दशक घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा पेस गर्नुभएको सरकारको आउँदाे आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रममा आर्थिक वर्ष २०८१/०८२ को दशकलाई कृषिमा लगानी दशक घोषणा गरी सरकारी, निजी, सहकारी तथा विकास साझेदारीको लगानी वृद्धि गरिने उल्लेख छ । राष्ट्रपतिले प्रमुख खाद्यान्न तथा तरकारीमा आत्मनिर्भर हुने गरी कृषि क्षेत्रका कार्यक्रमहरूको पुनर्संरचना …

पुरा पढ्नुहॊस »

मंगोलियाका दुई आरोही सगरमाथामा बेपत्ता

काठमाडौँ । सगरमाथा आरोहण गर्ने क्रममा मंगोलियाका दुई आरोही बेपत्ता भएका छन् । मंगोलियाका युखजर्गल सिडेनडम्बा र प्योरभिस्रन खाग्बाजाभ बेपत्ता भएका हुन् । पर्यटन विभागका निर्देशक राकेश गुरुङका अनुसार सगरमाथा आधार शिविरमा खटिएका सम्पर्क अधिकृतले उक्त जानकारी दिएका हुन् । उनका अनुसार आरोहीहरू सगरमाथाको ८ हजार मिटरभन्दा माथिबाट हराएका हुन् । उनीहरूको खोजी प्रयास भइरहेको उनले बताए ।

पुरा पढ्नुहॊस »

एकैपटक ६० जना सहसचिवको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं – सरकारले एकैपटक ६० जना सहसचिवको सरुवा गरेको छ । वैशाख २७ गते बसेको मन्त्रिपरिषद् बैठकले ठुलो सङ्ख्यामा सहसचिव सरुवा गरेको हो । उद्योग मन्त्रालयका सहसचिव रामचन्द्र तिवारीलाई गृह मन्त्रालय सरुवा गरिएको छ, मधेसी आयोगका सहसचिव वसन्त अधिकारीलाई पनि गृह मन्त्रालय सरुवा गरिएको छ । को कहाँ पुगे ? सूची  

पुरा पढ्नुहॊस »

जीबी राईको राहदानी रद्द गर्न विभागलाई पत्राचार

काठमाडौं । सुर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राईको राहदानी रद्द गर्न प्रहरीले पत्राचार गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले राहदानी विभागलाई पत्राचार गर्दै राहदानी रद्द गर्न अनुरोध गरेको हो । उनीविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन ‘इन्टरपोल’बाट डिफ्युजन र रेड नोटिश जारी भइसकेको छ । तर त्यसपछि पनि उनलाई ल्याउन नसकेपछि प्रहरीले राहदानी नै रद्द गर्न पत्राचार गरेको हो । राहदानी रद्द भइसकेपछि उनी एक देशबाट अर्को देश जान पाउँदैनन् …

पुरा पढ्नुहॊस »

इतिहासकार ज्ञानमणि नेपालको निधन

काठमाडौँ । इतिहासकार तथा प्राज्ञ ज्ञानमणि नेपालको निधन भएको छ । लामो समयदेखि मुटुको रोगलगायत समस्या झेल्दै आएका इतिहासकार तथा प्राज्ञ ज्ञानमणि नेपालको निधन भएको हो । उनको मनमोहन कार्डिओभास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचार चलिरहेको थियो । नेपालका भाइ एकमणि नेपालका अनुसार शुक्रवार उनलाई सिभिल अस्पतालबाट गंगालाल हुँदै मनमोहनमा भर्ना गरिए पनि स्वास्थ्यमा सुधार आएन । मंगलबार मध्याह्न उनको निधन भएको हो । नेपालको प्राचीन तथा मध्यकालीन इतिहासबारे गहिरो अध्ययन …

पुरा पढ्नुहॊस »

नीति तथा कार्यक्रम र १६ औं पञ्चवर्षीय योजना मन्त्रिपरिषदबाट पारित

काठमाडौं । मन्त्रिपरिषदको बैठकले सरकारका नीति तथा कार्यक्रम पारित गरेको छ । मंगलबार सिंहदरबारमा बसेको बैठकले नीति तथा कार्यक्रम पारित गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । ‘नीति तथा कार्यक्रमबारे मन्त्रिपरिषद बैठकमा छलफल भयो, बैठकबाट नीति तथा कार्यक्रम पारित भएको छ,’ उनले भनिन् । उनकाअनुसार १६ औं पञ्चवर्षीय योजना पनि मन्त्रिपरिषदबाट पारित भएको छ । संघीय संसदको मंगलबार अपराह्न ३ बजे बस्ने संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारका नीति …

पुरा पढ्नुहॊस »
This Ad will close automatically in seconds