समाचार

रड बोकेको ट्याक्टरमा स्कुटर ठोक्किँदा हेटौंडाका व्यावसायी मुडभरीको मृत्यु

काठमाडौं । मकवानपुरमा रड बोकेको ट्याक्टरमा स्कुटर ठोक्किँदा गए राति एक व्यावसायीको मृत्यु भएको छ । बागमती गाउँपालिका–४ सादेपुलस्थित धरान–चतरा सडक खण्डमा भएको दुर्घटनामा हेटौंडा–१३ का ४५ वर्षीय केशवप्रसाद मुडभरीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका मुडभरीको उपचारका क्रममा हेटौंडा अस्पतालमा राति ९ बजे मृत्यु भएको मकवाननपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । उनी विद्यालय सञ्चालक र स्टेसनरी व्यावसायी समेत हुन् । उनले केही …

पुरा पढ्नुहॊस »

काठमाडौंका यी स्थानमा आजदेखि विद्युत आपूर्ति अवरुद्ध (सूचनासहित)

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आजदेखि विद्युत आपूर्ति अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार आज नयाँबजार क्षेत्र, ५ गते नयाँबजार र क्षेत्रपाटी, ६ गते भीमसेनस्थानका साथै ८ गते भीमसेनस्थान र त्रिपुरेश्वर क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुनेछ । प्राधिकरणले बुधवार एक सूचना प्रकाशित गरी रत्नपार्क वितरण केन्द्रअन्तर्गतका विद्युतीय लाइन भूमिगत गर्ने काम भइरहेकाले उपत्यकाका विभिन्न स्थानमा विद्युत् आपूर्ति प्रभावित भइरहेको जनाएको हो । प्राधिकरणका अनुसार आज नयाँबजार …

पुरा पढ्नुहॊस »

ओलीले रविलाई बिचमा घुसाएर बनाउन चाहेको ‘मानवढाल’ मात्र हो : गणेश कार्की

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य गणेश कार्कीले पार्टी सभापति रवि लामिछानेको नाम बिचमा घुसाएर एमाले अध्यक्ष केपी शर्मा ओली ’मानवढाल’ मात्र बनाउन खोजेको आरोप लगाएका छन् । बुधबार सामाजिक सञ्जालमार्फत कार्कीले ओलीको ‘पहिले रवि लामिछानेले बोल्न पाउनुपर्छ, अब कांग्रेसलाई बोल्न दिइँदैन’भन्ने अभिव्यक्ति त्यसैको उदाहरण भएको बताएका हुन् । उनले भनेका छन्, ‘अब बोल्दा कांग्रेसले संसदमा गिरीबन्धु चिया बगानको नीतिगत भ्रष्टाचारबारेमा पनि बोल्छ भन्ने अनुमान छ । त्यसमा केपी …

पुरा पढ्नुहॊस »

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै, बहिष्कारको तयारीमा कांग्रेस

काठमाडौं ।सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले आज (बिहीबार) विश्वासको मत लिँदैछन् । वैशाख ६ गते संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री नियुक्त सोडारीले आज प्रदेश सभामा विश्वासको मत लिन लागेका हुन् । मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । सत्ता साझेदार नेकपा एमालेले तयारी नपुगेको र थप छलफल गर्नुपर्ने अडान राखेपछि यसअघि वैशाख २१ र २२ गते मुख्यमन्त्री सोडारीले विश्वासको मत लिन बोलाएको प्रदेशसभाको बैठक …

पुरा पढ्नुहॊस »

पाल्पामा बोलेरो जिप खस्दा दुई जनाको मृत्यु, १३ घाइते

काठमाडौं । बुधबार बेलुका पाल्पामा भएको बोलेरो जिप दुर्घटनामा परी एक जना बालकसहित २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा निस्दी गाउँपालिका-४ का ६ वर्षीय राजीव सुनारी र सोही वडाका २० वर्षीय तेजन सोमै छन् । उनीहरुको उपचारका क्रममा गएराति मृत्यु भएको हो।

पुरा पढ्नुहॊस »

संसद्‌मा गृहमन्त्री लामिछानेले विधेयक प्रस्तुत गर्ने कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । संसद् सचिवालयले बैठकका सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । बैठकमा राष्ट्रपति र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने कार्यसूची छ । राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनको संयुक्त बैठकलाई गरेको सम्बोधनको प्रति टेबुल गरिने र राष्ट्रपतिलाई धन्यवाद दिने कार्यसूची छ । आजकै बैठकमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर …

पुरा पढ्नुहॊस »

यी चार प्रदेशमा हावाहुरीसहित पानी पर्ने (तीन दिनको पूर्वानुमान)

काठमाडौं । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोसी र मधेस प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ । दिउँसो कोसी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोसी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा साथै बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षाको …

पुरा पढ्नुहॊस »

सन्दीपलाई उच्च अदालत पाटनको सफाई, जिल्ला अदालतको फैसला उल्टियो

काठमाडौं । सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएको छ । जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाउँदै उनलाई निर्दोष ठहर गरेको हो । गौशाला २६ (परिवर्तित नाम) ले हालेको मुद्दामा जिल्ला अदालतले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएको थियो । उक्त फैसला उल्टाउन माग गर्दै सन्दीपले उच्चमा पुनरावेदन गरेका थिए । मंगलबार र बुधबारको बहसपछि उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले …

पुरा पढ्नुहॊस »

गृहमन्त्रीको राजीनामा माग्दै काठमाडौंमा तरुण दलको प्रदर्शन

काठमाडौं । सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै नेपाल तरुण दलले प्रदर्शन गरेको छ । बुधवार सङ्गठनले माइतीघरदेखि बिजुली बजारसम्म र्‍यालीसहित प्रदर्शन गरेको हो । सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि कारबाही गरिनुपर्ने, संसदीय समिति बनाइनुपर्ने, बचतकर्ताको रकम फिर्ता गर्नुपर्नेलगायतका माग तरुण दलको छ । माइतीघरमा भेला भएका तरुण कार्यकर्ताको र्‍याली बानेश्वरमा आएर कोणसभामा परिणत भएको थियो ।

पुरा पढ्नुहॊस »

कश्मिरमा बन्धक बनाइएका ३६ नेपालीको उद्धार

काठमाडौँ । भारतको कश्मिर पुर्याएर बन्धक बनाइएका ३६ जना नेपालीहरूको उद्धार गरिएको छ । सर्लाही, महोत्तरी र धनुषाका विभिन्न गाउँबाट मजदुरीका लागि कश्मिर पुगेका उनीहरूलाई उद्धार गरी नेपाल फर्काउने काम भइरहेको हो । नेपालबाट मजदुरीका लागि भन्दै राम्रो पारिश्रमिक दिने प्रलोभनमा कश्मिर पुर्याइ बन्धक बनाइएका उनीहरूलाई उद्धार गरिएको हो । कश्मिर लगेपछि उनीहरूसँग भएको नगद, नागरिकता र मोबाइल खोसेर ठेकेदारले पारिश्रमिक समेत नदिई कुटपिट गरेको, डर, धम्की देखाएर काममा लगाएको …

पुरा पढ्नुहॊस »
This Ad will close automatically in seconds