समाचार

कांग्रेसको रणनीति : राष्ट्रपतिलाई नीति तथा कार्यक्रम पढ्न दिने, त्यसपछि अवरोध

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रममा संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्न दिने भएको छ । सिंहदरबारस्थित दलको कार्यालयमा बसेको कांग्रेस संसदीय दलको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने रणनीति तय गरिएको हो । राष्ट्रपति रामचन्द्र पौडेललाई नीति तथा कार्यक्रम पढिसकेपछि भने त्यसमाथिको छलफल गर्न नदिने कांग्रेसको रणनीति छ । जारी कांग्रेस संसदीय दलको बैठकले यसबारे औपचारिक निर्णय गर्ने छ । सहकारीको बचत हिनामिना …

पुरा पढ्नुहॊस »

सुकेधारामा मृत भेटिएका पुरुषको परिचय खुल्यो

काठमाडौं । काठमाडौंको सुकेधारामा मृत भेटिएको पुरुषको परिचय खुलेको छ । मंगलबार बिहान काठमाडौं-४ सुकेधारा चोकनजिकै नालामा मृत भेटिएका पुरुषको परिचय खुलेको हो । मृत भेटिएको पुरुष खोटाङको हलेसीतुवाचुङ-७, घर भई हाल चाबहिल बस्ने अन्दाजी ४४ वर्षीय भीषण गिरी रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, एसपी नवराज अधिकारीले जानकारी दिए । मृतकका आफन्त पनि सम्पर्कमा आइसकेका छन् ।

पुरा पढ्नुहॊस »

घर पुगिनन् भारतबाट उपचार गरी फर्केकी १८ वर्षीया अञ्जली, एम्बुलेन्स दुर्घटना हुँदा बाटोमै ज्यान गयो

काठमाडौं । कैलालीमा एम्बुलेन्स दुर्घटना हुँदा भारतमा उपचार गरेर घर फर्किरहेकी युवतीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत लम्कीचुहा नगरपालिकाको बलचौरमा मंगलबार बिहान भारतीय युके ०४ पीए १९०५ नम्बरको एम्बुलेन्स दुर्घटना भएको हो । तीव्र गतिमा रहेको एम्बुलेन्स अनियन्त्रित भएर दुर्घटना हुँदा भारतको हल्द्वानीबाट उपचार गरि फर्किरहेकी बर्दियाको राजापुर नगरपालिका–९ की १८ वर्षीया अञ्जली परियारको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार गम्भीर घाइते भएकी …

पुरा पढ्नुहॊस »

मलेसिया : आगलागीमा परी नेपाली युवकको मृत्यु

काठमाडौं । बैतडीका एक युवकको मलेसियामा आगलागीमा परी ज्यान गएको छ । मेलौली नगरपालिका–१ का ३२ वर्षीय दिपकसिंह नायकको मलेसियामा मृत्यु भएको हो । नायक सुतिरहेको कोठामा विद्युतको तार सर्ट भई आगलागी भएको थियो । उक्त आगलागीमा परेर नायकको मृत्यु भएको खुलेको छ । वैदेशिक रोजगारीको सिलसिलामा दिपक विगत ९ वर्षदेखि मलेसियामा काम गर्दै आएका थिए । नायकको शव नेपाल ल्याउन पहल भइरहेको वडा अध्यक्ष शरद नेगीले बताए । दिपकको …

पुरा पढ्नुहॊस »

कांग्रेसले भन्यो- संसदीय दलको बैठकपछि ‘खास’ कुरा भन्छौं

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका नेतालाई बालुवाटार बोलाएका छन् । संसद्को गतिरोध अन्त्यका विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्डले कांग्रेस नेताहरूलाई बालुवाटार बोलाएका हुन् । जारी छलफलमामहामन्त्री गगन थापा, प्रमुख सचेतक रमेश लेखक लगायतका नेताहरु सहभागी छन् । आज संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने भएकाले गतिरोध अन्त्यको प्रयासमा प्रधानमन्त्री प्रचण्ड छन् ।  प्रधानमन्त्रीसँगको छलफलपछि कांग्रेस संसदीय दलको बैठक आज बिहान बस्दैछ । कांग्रेसले सहकारीको बचत अपचलनमा उपप्रधान …

पुरा पढ्नुहॊस »

मुम्बईमा आँधीले होडिङ बोर्ड ढल्दा मृत्यु हुनेको संख्या १४ पुग्यो, ७४ घाइते

एजेन्सी । भारतको मुम्बईमा आँधीका कारण १५ हजार वर्गफिटको होर्डिङ बोर्ड ढल्दा मृत्यु हुनेको संख्या १४ पुगेको छ । दुर्घटनामा परी करिब ७४ जना घाइते भएको भारतीय अधिकारीहरूले बताएका छन् । प्रहरीका अनुसार ७० मिटर लामो होर्डिङ बोर्ड शहरको घर र पेट्रोल स्टेसनमा खसेको थियो । मुम्बईमा वर्षा र धुलोको आँधीले रुखहरू ढलेसँगै बिलबोर्ड खसेको थियो । होर्डिङ बोर्ड खसेर सवारी साधनहरू च्यापिएका छन् । घटनास्थलमा उद्धारका कामहरु भइरहेका छन् …

पुरा पढ्नुहॊस »

काठमाडौंको सुकेधारामा शव भेटियो, अनुसन्धानमा प्रहरी

काठमाडौं । काठमाडौंको सुकेधारामा एक जना पुरुषको शव फेला परेको छ । प्रहरी बिट सुकेधाराका अनुसार चोक नजिकैको नालामा बिहान शव फेला परेको हो । महाराजगन्ज प्रहरी वृत्तका अनुसार प्रहरीलाई बिहान साढे ७ बजे सूचना आएको थियो । नालामा घोप्टो अवस्थामा शवबारे अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

पुरा पढ्नुहॊस »

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र कांग्रेस नेताहरुबीच छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका नेतालाई बालुवाटार बोलाएका छन् । संसद्को गतिरोध अन्त्यका विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्डले कांग्रेस नेताहरूलाई बालुवाटार बोलाएका हुन् । जारी छलफलमामहामन्त्री गगन थापा, प्रमुख सचेतक रमेश लेखक लगायतका नेताहरु सहभागी छन् । आज संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने भएकाले गतिरोध अन्त्यको प्रयासमा प्रधानमन्त्री प्रचण्ड छन् । प्रधानमन्त्रीसँगको छलफलपछि कांग्रेस संसदीय दलको बैठक आज बिहान बस्दैछ । कांग्रेसले सहकारीको बचत अपचलनमा …

पुरा पढ्नुहॊस »

सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै

काठमाडौं । आउँदो आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम आज पेस हुँदैछ । नीति तथा कार्यक्रम संघीय संसद्को संयुक्त बैठकमा पेस गर्ने कार्यसूची छ । सरकारको नीति तथा कार्यक्रम संसद्को संयुक्त बैठकमा राष्ट्रपतिले वाचन गर्ने परम्परा छ । यसका लागि मंगलबार दिउँसो ३ बजेका लागि संघीय संसद्को संयुक्त बैठक बोलाइएको छ । संघीय संसद् सचिवालयले २ः४५ भित्र औपचारिक पोशाकमा संसद् हलमा प्रवेश गरिसक्न सांसदहरूलाई सूचना जारी गर्दै आग्रह गरिसकेको छ …

पुरा पढ्नुहॊस »

यी प्रदेशमा छ आज र भोलि वर्षाको सम्भावना

काठमाडौं । अहिले नेपालमा स्थानीय वायु, पश्चिमी वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले बिहान देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरूमा …

पुरा पढ्नुहॊस »
This Ad will close automatically in seconds