काठमाडौं । सुर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राईको राहदानी रद्द गर्न प्रहरीले पत्राचार गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले राहदानी विभागलाई पत्राचार गर्दै राहदानी रद्द गर्न अनुरोध गरेको हो ।
उनीविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन ‘इन्टरपोल’बाट डिफ्युजन र रेड नोटिश जारी भइसकेको छ । तर त्यसपछि पनि उनलाई ल्याउन नसकेपछि प्रहरीले राहदानी नै रद्द गर्न पत्राचार गरेको हो । राहदानी रद्द भइसकेपछि उनी एक देशबाट अर्को देश जान पाउँदैनन् ।
यसअघि उनी मलेसियामा रहेको प्रहरीले बताउँदै आएको थियो । तर अहिले उनी मलेपिसयाबाट अर्कै देश पुगेको आशंकामा प्रहरीले राहदानी नै रद्द गरिदिन लागेको हो ।
प्रतिकृया दिनुहॊस