समाचार

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज यात्रा गर्दा ध्यान दिनुहोला बाटोमा दुःख हुन सक्छ । स्वरोजगारीका निम्ति दौडधुप गर्नुपर्ने हुन सक्छ, तर आफन्तको साथ र सहयोग पाइनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

उपेन्द्र यादवले दिए निर्वाचन आयोगविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । उनले आफ्नो पार्टी विभाजन गरी गएका नेताहरूले गठन गरेको नयाँ पार्टीलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय खारेजको माग गर्दै सोमबार सर्वोच्चमा रिट दायर गरेका हुन् । उनले नयाँ पार्टी अवैधानिक भन्दै सो पार्टीलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय बदर गर्न अन्तरिम आदेश माग गरेका छन् । सर्वोच्चले पेशी तारेखका लागि जेठ २ …

पुरा पढ्नुहॊस »

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले पाए विश्वासको मत

काठमाडौं । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाएका छन् । प्रदेश सभाको बैठकबाट मुख्यमन्त्री कार्कीले विश्वासको मत लिएका हुन् । उनको पक्षमा ५९ मत परेकाे छ । उनलाई एमालेका ३९, माओवादीका १३ र नेकपा एसका ४ सांसदको समर्थन छ । कार्कीलाई प्रदेश प्रमुख पर्शुराम खापुङले वैशाख २७ गते बुधबार मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । कार्कीले बुधबार नै शपथ ग्रहण र पदभार ग्रहण गरिसकेका छन् । उनले आफ्नो …

पुरा पढ्नुहॊस »

कांग्रेसले भन्यो- संसदीय समिति नबनेसम्म नीति तथा कार्यक्रम जे भए पनि संसद चल्न दिँदैनौं

काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी बैठकले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग आफूहरुको बटमलाइन भएको निष्कर्ष निकालेको छ । सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवासमा सोमबार बिहान बसेको बैठक पछि प्रतिक्रिया दिदै कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले संसदीय छानबिन समिति गठनको माग आफुहरुको बटमलाइन भएको प्रतिक्रिया दिएका हुन् । उनले राष्ट्रपति कांग्रेसको मात्र नभएर देशको राष्ट्रपति भएको बताउदै प्रवक्ता महतले त्यो विषयले आफूहरुको माग प्रभावित नहुने स्पष्ट गरेका छन् …

पुरा पढ्नुहॊस »

एएमएस इन्टरनेसनल अनर अवार्ड कार्यक्रम सम्पन्न

काठमाडौं। दोस्रो संस्करणको एएमएस इन्टरनेसनल अनर अवार्ड तथा सांस्कृतिक कार्यक्रम जापानमा सम्पन्न भएको छ। एएमएस इन्टरटेण्मेण्ट र सनराइज कम्पनी जापानले संयुक्त रुपमा आयोजना गरेको उक्त अवार्ड जापानको टोकियोमा एक भव्य कार्यक्रमबीच सम्पन्न भएको भएको हो। कार्यक्रममा सहभागी हुन नेपालबाट सेलिब्रटीहरूको ठूलो समूह जापान पुगेको थियो। बरिष्ठ कलाकार शिव श्रेष्ठ, चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, संगीत रत्न शम्भुुजित बाँस्कोटा, संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य चेतन सापकोटालगायत जापान गएका थिए। …

पुरा पढ्नुहॊस »

सरकारबाट बाहिरियो जसपा : उपप्रधानमन्त्री यादव र मन्त्री कार्कीले दिए राजीनामा

काठमाडौं । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । उनले सोमबार प्रधानमन्त्रीलाई सम्बोधन गर्दै राजीनामा पत्र पठाएका हुन् । विकसित राजनीतिक परिस्थितिमा सरकार मै रहेर सहकार्यलाई निरन्तरता दिन नसकिने पत्रमा उल्लेख छ । ‘सम्माननीय प्रधानमन्त्रीज्यूको नेतृत्वमा गठन गरिएको सरकारमा विगत करिक दुई महिनादेखि म उपप्रधानमन्त्रीको रूपमा जिम्मेवारी सम्हाल्दै आएकोमा वर्तमान विकसित राजनीतिक परिस्थितिमा सरकार मै रहेर सहकार्यलाई निरन्तरता दिन नसकिने भएको हुँदा उक्त जिम्मेवारीबाट राजीनामा दिन चाहन्छु’ …

पुरा पढ्नुहॊस »

नारायणीमाथि नयाँ पुल बन्ने, प्रधानमन्त्री प्रचण्डले गरे शिलान्यास (फोटो फिचर)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन र पूर्वी नवलपरासीलाई जोड्ने नारायणी नदी माथि बन्न लागेको पुलको शिलान्यास गरेका छन् । पूर्वपश्चिम राजमार्गको नारायणगढस्थित नारायणी नदीमा बन्न लागेको सो पुलको बिहान एक कार्यक्रमकाबीच प्रधानमन्त्रीले शिलान्यास गरेका हुन् । अत्याधुनिक प्रविधिमा आधारित सो पुल केबल स्टेट ब्रिजमा आधारित रहेको बताइन्छ । सडक विभागको पुल महाशाखाले पुल निर्माणको काम सुरु गरेको हो । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेश पौडेलका अनुसार एक …

पुरा पढ्नुहॊस »

खोलामा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु

काठमाडौं । डडेल्धुरामा खोलामा नुहाउने क्रममा डुबेर दुई किशोरीको ज्यान गएको छ । आइतबार अपराह्न गन्यापधुरा गाउँपालिका–२ कुँवर गाउँकी १७ वर्षीया लक्ष्मी सार्की र १४ वर्षीया दिपा मल्लको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । गाउँकै तल रहेको खोलामा नुहाउने क्रममा दुवै जना डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख डिएसपी दीपक पाठकले जानकारी दिए । मृतक दुवै जनाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल डडेल्धुरामा राखिएको उनले बताए । …

पुरा पढ्नुहॊस »

अस्ताइन् ऐश्वर्य क्याम्पसकी प्रीति, आज शोक बिदा

धनगढी । धनगढीको ऐश्वर्य बहुमुखी क्याम्पसमा अध्ययनरत एक छात्राको निधन भएको छ । स्नातक तह दोस्रो वर्षमा अध्ययनरत प्रीति मिश्रको मृत्यु भएको क्याम्पसले जनाएको छ । क्याम्पसले प्रीतिको मृत्युमा आज शोक बिदा समेत दिएको छ ।

पुरा पढ्नुहॊस »

रोकिएन सुन तस्करी, ५ किलो सुनसहित त्रिभुवन विमानस्थलबाट दुई जना पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच किलो सुनसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । फ्लाई दुबईबाट आइतबार साँझ पौने ७ बजे आएका भारतीय नागरिक सुरेश कुमार र मोहन कुमार गणेशन पक्राउ परेका हुन् । विमानस्थल प्रहरी कार्यालयकाअनुसार उनीहरुले कपडामा सुनको लेप लगाएर आएको र चेक जाँच गर्ने क्रममा समातिएका हुन् । उनीहरुलाई अहिले गौशाला प्रहरी कार्यालयमा राखिएको छ । थप अनुसन्धानका लागि भन्सार कार्यालयमा बुझाउने प्रहरीको तयारी छ …

पुरा पढ्नुहॊस »
This Ad will close automatically in seconds